बागलुङ, ७ पुस – जिल्लाको जैमिनी नगरपालिकाले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका काम थाल्ने भएको छ । आईतबार सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षा सम्बन्धि कानुन निर्माण सुझाव संकलन कार्यशालाबाट २३ बुँदे घोषणापत्र जारी गर्दै नगरपालिकाले सार्वजनिक शिक्षामा सुधारको उद्घोष गरेको हो । शिक्षामा लगानी कम हुने प्रतिफलको आशा धेरै हुने भएकाले शैक्षिक सुधारका लागि पहल थालिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । नगरले बनाउन लागेको शिक्षा ऐनका लागि सुझाव संकलन र सार्वजनिक शिक्षामा सुधारका लागि आवश्यक छलफल गर्न बिज्ञ सहितको कार्यशाला आयोजना गरिएको थियो ।
राष्ट्रिय शिक्षा निती अनुसार बालकक्षादेखि कक्षा ८ सम्मका बालबालिकालाई निशुल्क तथा अनिवार्य शिक्षा लागु गर्न नगरले सरोकारवाला सँगको सहकार्यमा काम थाल्ने भएको छ । शिक्षण शिकाईलाई नियमीत र प्रभावकारी बनाउनका लागि बिद्यार्थी तथा शिक्षकको नियमीत हाँजिरी परिक्षण गर्ने घोषणा पत्रमा उल्लेख छ । उत्कृष्ट शिक्षक बिद्यार्थी पुरस्कृत गर्ने, महिनामा एक पटक हरेक बिद्यालयले अभिभावक भेला गरी स्वमुल्यांकन गराउने, मल्टिमिडियाको माध्यामबाट अध्ययन अवलोकन, बिद्यालय हाताभीत्र माधक पदार्थको तथा सुर्तिजन्य पदार्थको सेवनमा रोक, बालमैत्री, अपांग मैत्री तथा लैंगिकमैत्री हिंसा नभएको बिद्यालय क्षेत्र बनाउने घोषणा पत्रमा उल्लेख छ ।
सिकाईमा पछाडी परेका बालबालिकाको लागि अतिरिक्त कक्षा सञ्चालन, बिद्यालय सुधार योजना निर्माण, कार्यान्वयन र समयमा समिक्षा, कक्षा तीनज सम्मका बालबालिकाको लागि डेक्स बेन्चको साटोमा व्यवस्थीत बसाई सहितको कक्षाकोठा, अभिभावक सँगको सहकार्यमा अनिवार्य दिवा खाजाको व्यवस्थापन, पाठ्य योजनाको तयारी, अध्यावधि र कार्यान्वयन, बिद्यालय हाताभित्र करेसाबारी, बृक्षारोपण, पठनपाठनको माध्यम नेपालीअ अंग्रेजीका अलावा स्थानी भाषहुन सक्ने, बिद्यार्थी प्रतिभा पहिचान, बिद्यार्थी संख्या कम भएका बिद्यालयको व्यवस्थापन तथा दरवन्दीको मिलान र शैक्षिक बर्षको अन्त सम्ममा नगरको शिक्षा ऐन तयार गर्ने लगायतका महत्वपुर्ण बुँदा घोषणा पत्रमा समाबेश गरिएको छ ।
कार्यशालामा शिक्षाविद् प्रध्यापक डाक्टर मनप्रसाद वाग्ले, नेपाल सरकारका पूर्व सचिव प्रा.डा. महाश्रम शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लीराम सुवेदी लागयतको उपस्थिती थियो । जैमिनी नगरपालिकाका सबै बिद्यालयमा प्रद्यानाध्यापक, नगर कार्यपालिकाका सदस्यहरु, शिक्षक कर्मचारी तथा पत्रकारहरु सहभागि कार्याशालाले उक्त घोषणा पत्र तयार परेको हो । कार्यशालामा वाग्ले, शर्मा, सुवेदी र तनहुँ जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख रमाकान्त शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले नगरमा सार्वजनिक शिक्षामा गुणस्तर सुधारका लागि अनुभव सहितका सुझाव राखेका थिए । कार्यशालामा उठेका बिषयमा छलफल गर्दै प्रा.डा. वाग्लेले माटो सुहाउँदो शिक्षा नीति र व्यवहारीक शिक्षामा ध्यान दिन आग्रह गरे । इच्छा शक्तिभए गुणस्तरीय र व्यवहारीक शिक्षाका लागि स्रोतको अभाव नरहेको उनको जिकीर थियो । देशको संघिय संरचना निर्माण सँगै बनेको कानुनले नजिकको सकारलाई शिक्षाको तल्लो तहको जिम्मेबारी दिएको भन्दै स्थानीय तहले इमान्दारीता पूर्वक जिम्मेबारीको बहन र दायीत्व बोध गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माले शिक्षामा सुधारका लागि सामुहीक प्रयास आवश्यक रहेको बताए । शिक्षक बिद्यार्थीको मात्रै प्रयासले व्यवहारीक शिक्षा आर्जनमा कठिन हुनेभन्दै उनले अभिभावक, बिद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारको महत्वपुर्ण भुमीका रहने बताए ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष डिल्लिराम सुवेदीले शिक्षालाई अरु बिकासका पूर्वाधार जस्तै राजनीतिक रुपमा मुल एजेण्डा बनाउनुपर्नेमा जोड दिए । कार्यशालामा सरोकारवालाहरुले जैमिनी नगरपालिकाले निर्माण गर्न लागेको शिक्षा ऐनको मस्यौदना माथी आफ्ना सुझाव राखेका थिए । नगरले कानुन बनाउँदा कार्यान्वयन हुने खालको बनाउनु पर्ने र कानुनी ुसहजताले मात्रै शैक्षिक बिकासमा टेवा पुग्ने उनिहरुको धारणा थियो ।
जैमिनी नगरपालिकाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालकासँगको हकार्य र ओपन सोसाईटि फाउण्डेसनको सहयोगमा कार्यशालाको आयोजना गरेको थियो । नगर प्रमुख इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिको तर्फबाट सामाजिक बिकास समिति संयोजक नरबहादुर थापाले बोलेका थिए । ऐनको मस्यौदाका बिषयमा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले धारणा राखे । शिक्षा शाखा प्रमुख खेम आचार्यले शिक्षा ऐनको मस्यौदा कार्याशालामा प्रस्तुत गरेका थिए । आचार्यको सञ्चालन र नगर उप प्रमुख लिला रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





