पोखरा, ७ पुस – दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) मा पोखराको यात्रा सकिएको छ ।एक पछि अर्को खराव प्रदर्शन गरेको पोखराले लज्जास्पद हार व्योहोर्दै आफ्नो यात्रा समाप्त गरेको हो ।सोमबारको भएको आफ्नो अन्तिम खेलमा धनगढी संग ५ विकेटले हारेको हो ।टस जिटेर पहिले ब्याटिङ रोजेको पोखराले १६ ओभरमा अल आउट हुँदै ७९ रन मात्र बनाउन सक्यो । ८० रनको विजयी लक्ष्य पछ्याएको धनगढीले ९ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
धनगढीले आफ्नो ओपनर रोड्रिगो थोमसलाई प्रथम विकेटको रुपमा गुमाएको थियो । थोमसले १० बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । उनलाई प्रथामेश डाकेले तेस्रो ओभरको तेस्रो बलमा डाकेले रोहित पौडेलको हातबाट क्याच गराएका थिए ।
यस्तै टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी व्यक्तिगत १३ रनमा आउट हुन पुगे । १० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए । पाँचौ ओभरको तेस्रो बलमा उनी प्रथामेश डाकेको बलमा कुशल भुर्तेलको हातबाट क्याच हुन पुगेका थिए ।
दिपल पुनिया २५ रन बनाएर आउट हुन पुगे । १६ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । उनलाई सर्वजित लड्डाले आठौँ ओभरको पहिलो बलमा आउट गराए । त्यसलगतै सुवेन्दु पाण्डे ११ रन बनाउँदै आउट भए । उनलाई आठौँ ओभरको दोस्रो बलमा लड्डाले भुर्तेलको हातबाट क्याच गराए ।
धनगढीका लागि सन्दिप जोराले २ रन बनाउँदा आउट भए । उनलाई ललित राजवंशीेले खेलको ९ औं ओभरको तेस्रो बलमा आसिफ शेखको हातबाट आउट गराए । मन्जित श्रेष्ठले ९ रन बनाए । यस्तै अमित यादवले ६ रन बनाएका थिए ।
पोखराका लागि प्रथामेश डाके, सर्वजित लड्डाले २ विकेट लिए । यस्तै ललित राजवंशीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ओभरमा विकेटको क्षतिमा ७९ रन बनाएको हो ।
पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । अरुको प्रदर्शन उल्लेख्य रहेन । पोखराका ओपनर कुशल भुर्तेल ६ रनमै पभेलियन फर्किए । ७ बल खेलेका उनले १ छक्का प्रहार गरेका थिए । उनी दोस्रो ओभरको दोस्रो बलमा कमल सिंह ऐरीको बलमा सागर ढकालको हातबाट क्याच आउट भएका थिए ।
पोखराका कप्तान शरद भेष्वाकर ३ बलमा ४ रन बनाउँदै हिट विकेट हुन पुगे । तेस्रो ओभरको तेस्रो बलमा उनी दिपल पुनियाको बलमा लामो शट खेल्ने चक्करमा हिट विकेट हुन पुगे ।
शरद आउट भएपछि क्रिजमा उत्रेका भारतीय खेलाडी रविइन्द्र सिंह डक आउट हुन पुगे । उनी तेस्रो ओभरको पाँचौ बलमा दिपल पुनियाको बलमा विकेटकिपर शुभेन्दू पाण्डेको हातबाट क्याच आउट भएका थिए ।
पोखराका विनोद भण्डारी १२ रन बनाउँदै आउट हुन पुगे । आठौँ ओभरको अन्तिम बलमा भण्डारी अनिल खरेलको बलमा आउट भए । कुशल मल्ल २ रन बनाउँदै रन आउट हुन पुगे । ६ बल खेलेका उनी रन आउट भएका थिए ।
कृष्ण कार्कीले १ रन मात्र बनाउन सके । ११ औँ ओभरको अन्तिम बलमा उनी सागर ढकालको बलमा दिपल पुनियाको हातबाट क्याच आउट हुन पुगेका थिए ।
रोहित कुमार पौडेलले खाता खोल्न सकेनन् । उनी समेत ढकालको बलमा फिर्दोश अन्सारीको हातबाट क्याच आउट भए । यस्तै आसिफ शेख ३२ रन बनाएर आउट भए । २९ बल खेलेका उनले ४ चौका प्रहार गरेका थिए । बाह्रौँ ओभरको पाँचौ बलमा उनी अनिल खरेलको बलमा एलबिडब्लु आउट भएका थिए ।
यस्तै प्रथामेश डाके २ रन बनाउँदै आउट हुन पुगे । उनी १४ आँै ओभरको पहिलो बलमा अनिल खरेलको बलमा बोल्ड आउट भएका थिए । पोखराका लागि सर्वजित लड्डाले ४ रन बनाउँदा ललित राजवंशीले १ रन बनाउन सके ।
धनगढीका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । दिपक पुनिया, सागर ढकाल, कमलसिंह ऐरीलले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच धनगढीका दिपक पुनिया घोषित भए ।
यस खेलसँगै दुवै टोलीको प्लेअफ यात्रा टुङ्गिएको छ ।





