आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पुस १० गते बागलुङमा लगानी बहस

पुस १० गते बागलुङमा लगानी बहस


  • ढोरपाटन संबाददाता
  • पुष ७ २०७६, सोमबार

बागलुङ,७ पुस – आगामी पुस १० गते बागलुङमा लगानी बहस हुने भएको छ । जिल्लामा रहेको सम्भावनाका बिषयमा छलफल गर्ने उद्धेश्यले उक्त लगानी बहस हुन लागेको हो। बागलुङ लगानी बहसमा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रढकाल, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ मुख्य वक्ताहरु सहभागी हुनेछन् । त्यस्तै,उक्त बहसमा प्रदेश नम्बर४ का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यता रहनेजनाइएको छ । सो कार्यक्रमको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले गर्नेछन् ।
बागलुङ महोत्सवका अवसरमा हुने सो छलफलमा विभिन्न क्षेत्रका व्यवसायी, जिल्लाका व्यवसायी तथा जनप्रतिनिधी समेत सहभागीता रहनेछ । ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ भन्ने मूल नाराका साथ हुने कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्नेछ । बीएसआर मुभिको हलमा हुने कार्यक्रममा पार्टनर बैंकका रुपमा प्रभु बैंक रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->