आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ महोत्सवको तयारी तिब्र

बागलुङ महोत्सवको तयारी तिब्र


  • ढोरपाटन संबाददाता
  • पुष ८ २०७६, मंगलबार

बागलुङ, ८ पुस – आगामी पुस ११ गतेदेखि सञ्चालन हुने छैटौं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणको कामदेखि उज्यालो बागलुङ समृद्ध बागलुङ बिषयक आर्थिक बहसका लागि तयारी अन्तिम चरणमा पुगेको महोत्सव मुल आयोजक समितिका महासचिव नरेश कँडेलले जानकारी दिए । महोत्सवमा प्रदर्शन हुने झाँकीहरुको तयारी, कृषि प्रदर्शनीको तयारी र महोत्सवमा आउने अथिती तथा कलाहरुको तयारी समेत अन्तिम चरणमा पुगेको अध्यक्ष युवराज राजभण्डारीदले जानकारी दिए । महोत्सवका लागि तयार पारिएका २ सय २० स्टलमध्ये सोमबारसम्म २ सय स्टल बुकिङ भैसकेको र बाँकी रहेका स्टल स्थानीय उत्पादन तथा कृषि प्रदर्शनीको लागि राखिएको स्टल संयोजक गणेश लम्सालले जानकारी दिए । महोत्सवमा बागलुङका सामुदायीक घरबासको स्वाद दिलाउने प्रयास भैरहेको आयोजकले जनाएको छ । ‘हामीले घरबासको स्वाद महोत्सवकै स्टलबाट दिलाउने छौं’ अध्यक्ष राजभण्डारीले भने ‘त्यसका लागि यहाँका सामुदायीक घरबास र सञ्चालकहरुसँग सहकार्य भेरहेको छ ।’ महोत्सवमा सञ्चालन हुने खेलहरुको समेत तयारी पुरा भएको छ । भलिवल खेलदेखी रसाकसी खेलसम्म सबैको व्यवस्थापनको जिम्मेबारीसहित सहकार्यका लागि सम्झौताहरु भैसकेको महोत्सव सचिवालयले जनाएको छ । महोत्सवमा ताराखोलाको स्थानीय उत्पादनहरु आलु, अल्लोको कपडा लगायतका उत्पादन र सिगाना, चैराग र बिहुँको सुन्तला प्रदशर्नी तथा बिक्रीको समेत व्यवस्थापनको काम सकिएको जनाएको छ ।

यसपटकको महोत्सवमा तारा खेल सञ्चालन हुने भएको छ । बिगतका बर्षमा भन्दा फरक प्रस्तुती दिने उद्देश्यका साथ जिल्ला आर्चरी संघ सँगको सहकार्यमा तारा खेल सञ्चालन हुन लागेको हो । स्थानीय तथा राष्ट्रि स्तरका कलाकारको टुंगो समेत लगाई सकिएको कलाकार संयोजक उमाकान्त शर्माले जानकारी दिए । अंग्रेजी नयाँ बर्षको स्वागत तथा नेपाल भ्रमण बर्षको सुरुवातका लागि इभेण्ट व्यवस्थापनको काम समेत अन्तिम चरणमा पुगेको शर्माले जानकारी दिए । कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको मुल आयोजक समितिले भ्रमण बर्षको स्वागतका लागि छिमेकी जिल्लाहरुबाट बागलुङ भित्रिने नाकाहरुमा स्वागत गर्नेगरी तयारी भैरहेको छ । जसको संयोजन समेत महोत्सव मुल आयोजक समितिले गर्ने जनाएको छ । सोमबार मुल आयोजक समिति बागलुङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरेर तयारीको बिषयमा जानकारी गराएको थियो । अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीको सञ्चालन र प्रथम उपाध्यक्ष उमाकान्त शर्माको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->