शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवीन र प्रदिप सेमिफाइनलमा

नवीन र प्रदिप सेमिफाइनलमा


  • Dhorpatan News
  • पुष ११ २०७६, शुक्रबार

पोखरा,११ पुस – नेपालका शिर्ष वरियताप्राप्त प्रदिप खड्का र १३ औ सागमा कास्य विजेता कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।प्रतियोगिता अन्तर्गत शुक्रबार मेन्स सिंगलतर्फ भएको क्वाटरफाइनल खेलमा खड्काले निरज गुरुङ्गमाथि ६–१, ६–४ को सहज नतिजा निकाल्दै सेमिमा स्थान बनाएका हुन् । त्यसैगरि संरक्षण भुषण बज्राचार्यले राजेन्द्र महर्जनलाई ६–१, ६–० ले, प्रणव खनालले अनिल शाहिलाई ६–१, ६–१ ले तथा नविन मगरले गोविन्द नेपालीलाई प्रतिस्प्रधात्मक खेलमा ५–७, ६–२ र ६–४ को कठिन जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भए ।प्रतियोगिताको ३५ वर्ष माथि कमल भण्डारीले नविन श्रेष्ठलाई, नविन चालिसेले मदन थापालाई, निरज थापाले उत्तम बोगटीलाई, लक्ष्मण लामाले अशोक गुरुङ्गलाई, छेवाङ्ग लामाले सिजे थापालाई तथा राजु श्रेष्ठले राजन पौडेललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए ।४५ वर्ष माथिको एकलमा गोपीबहादु भट्टराईले राजु गुरुङ्गलाई, नारायण पहारीले लोक गुरुङ्गलाई, धर्म लामिछानेले अनुज बाँस्तोलालाई, प्रताप मोक्तानले सुनिल श्रेष्ठलाई, अमृत कार्कीले रामराजा कार्कीलाई, अनु जोनले राजु श्रेष्ठलाई, विमल गुरुङ्गले विकास गुरुङ्गलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।५५ वर्ष माथिको एकलमा कमल थापाले कर्ण तामाङ्गलाई ६–१, ७–५ ले, ध्रुव गुरुङ्गले राजकुमार घिमिरेलाई ६–०, ६–३ ले, प्रदिप शाहले डियोनम लामालाई ६–३, ६–० ले, अनिल तुलाचनले पदम गुरुङ्गलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमै पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->