आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आगामी असारभित्र निजी आवास पुननिर्माण गरिने

आगामी असारभित्र निजी आवास पुननिर्माण गरिने


  • ढोरपाटन संबाददाता
  • पुष १३ २०७६, आइतबार

बागलुङ, १३ पुस – भूकम्प पुननिर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाईमार्फत आगामी असार मसान्तसम्म बागलुङमा सबै निजी आबास बनाइसक्ने लक्ष राखिएको छ । प्राधिकरण स्थापनाको चौथो बर्षको अवसरमा बागलुङमा आयोजना गरिएको प्रगती समीक्षा कार्यक्रममा उक्त जानकारी गराइएको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार जिल्लामा ९५ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लगेका छन् । जिल्लामा २ हजार ३ सय ७५ लाभग्राही रहेकोमा मंसिर मसान्तसम्म २ हजार १ सय ७१ लाभग्राहीले पहिलो किस्ता लगेको निमित्त आयोजना प्रमुख वृन्दा पाण्डेले बताईन् ।
पहिलो किस्ता यतिधेरै मानिसले लगेको भएपनि दोस्रो किस्ता भने १ हजार ५ सय २३ ले लगेका छन् । त्यस्तै अहिलेसम्म १ हजार २ सय २४ ले तेस्रो किस्ता लगेको बताईएको छ । प्राधिकरणले पहिलो किस्तामा ५० हजार रुपैयाँ दिएपछि घडेरीमा जग हाल्लेपछि तोकिएको मापदण्डको घर बनाउनु पर्छ । दोश्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा ५० हजार लैजान पाउने व्यवस्था छ । समीक्षा कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले भूकम्पका पिडित जनताले जाडोमा घरमा बस्न पाउने अधिकार छिटो पुरा गर्न सरोकारवालाको चासो हुनुपर्ने बताए । उनले वास्तविक पिडितलाई समयमै घर बनाएर बस्ने वातावरण बनाउन पनि आग्रह गरे । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाको अध्यक्षता, चुडाबहादुर कार्कीको संचालन र लेखा अधिकृत मार्कण्डेय बरालको स्वागतमा सम्पन्न कार्यक्रममा प्रजिअ लुकबहादुर क्षेत्री, शिक्षा आयोजना प्रमुख मतिलाल चपाई र उमेशकुमार चौधरीले प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->