आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेयरकप फुटबल माघमा

मेयरकप फुटबल माघमा


  • Dhorpatan News
  • पुष १३ २०७६, आइतबार

बागलुङ, १३ पुस – बागलुङ नगरपालिकाको आयोजनामा हुने दोस्रो मेयरकप फुटबल माघमा हुने भएको छ । खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि बागलुङ नगरपालिकाले हरेक वर्ष ठूलो पुरस्कार राशीको मेयरकप फुटबल आयोजना गर्ने नीति अनुसार आगामी माघमा मेयरकप फुटबलको आयोजना गर्न लागेको हो । बागलुङ नगरकार्यपालिकाको बैठकले आगामी माघ १६ गतेदेखि राष्ट्रिय स्तरको मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । फुटबल प्रतियोगिताका लागि नगरपालिकाले जिल्ला फुटबल संघलाई जिम्मेवारी दिने समेत निर्णय भएको पौडेलले बताए । राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्ने निर्णय गरेकाले फुटबल संघको कार्यतालिका अनुसार केही समय यताउता परेमा त्यसलाई व्यवस्थापन गर्ने गरी प्रतियोगिताको तयारी सुरु गरिएको पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचनको पहिलो वर्ष प्रथम मेयरकप फुटबल प्रतियोगिता सम्पन्न गरेको बागलुङ नगरपालिकाले गत वर्ष फुटबल संघको कार्यतालिका नमिलेका कारण प्रतियोगिता आयोजना गर्न सकेको थिएन । यस वर्ष केही समय पहिलेदेखिनै फुटबल संघलाई बागलुङ नगरपालिकाले राष्ट्रिय स्तरको मेयरकप फुटबल प्रतियोगिता आयोजना चाहेको जानकारी गराएकाले कार्यतालिका अनुसार माघमा प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->