शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कास्कीमा पुनःनिर्माणको काम ६५ प्रतिशत

कास्कीमा पुनःनिर्माणको काम ६५ प्रतिशत


  • Dhorpatan News
  • पुष १४ २०७६, सोमबार

पोखरा,१४ पुस –  जिल्ला आयोजना कार्यन्वयन ईकाइ कास्कीको आयोजनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको  पाँचौ बर्ष पुरा गरेको अवसरमा मादी गाउँपालिका याङ्जाकोटमा आयोजित एक कार्यक्रममा कास्की जिल्ला भित्र भुकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य ६५ प्रतिशत पुरा भएको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षेत्रीले काम छिटो छरितो रूपमा सम्पन्न सम्बन्धित निकायलाई आग्रह गर्दै जिल्ला समन्वय समितीको तर्फबाट गर्नुपर्ने सहयोग आफुले गर्ने बताए ।
जिल्ला आयोजना कार्यान्वन इकाइ कास्कीका प्रमुख इन्जिनियर नवराज शर्माले पुनः निर्माण सम्बन्धी हालसम्म भएका कार्यन्वयन कार्य प्रगति विवरण प्रस्तुत तथा आगामी दिनमा गरिने कार्यक्रमहरु कसरी लैजान सकिन्छ भन्ने बिषयमा जानकारी दिएका थिए । उनले सडक, सरकारी भवन, लाभग्राहीहरुका घरटहराहरु गरी करिब ६५ प्रतिशत कार्य सम्पन्न भएको वताएका थिए । साथै बाँकी काम असार मसान्तसम्म पुरा गर्ने पनि वताए ।
जिल्ला आयोजना कार्यान्वन इकाइ शिक्षा का सब इन्जिनियर रबिना आचार्य, भवन इकाईका नि. कार्यलय प्रमुख उमेश चौधरीलगाएतले मादी गाउँपालिकामा शिक्षा तथा भवन तर्फको कार्यप्रगति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->