शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

प्याराडिसो स्र्पोटस बारमा विशेष सागीतिक कार्यक्रम

प्याराडिसो स्र्पोटस बारमा विशेष सागीतिक कार्यक्रम


  • Dhorpatan News
  • पुष १५ २०७६, मंगलबार

पोखरा, १५ पुस -नयाँ वर्षलाई स्वागत गर्न पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्र्पोटस बारमा न्युएयर इभमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा मंगलबार पुस १५ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।साझँबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त मिस्टेरीयोस गु्रभर्स व्याण्ड, द वेभ व्याण्ड, डिजेहरु तेन्जिङ र आशिषले राति सम्म गीत संगितका माध्येमबाट मनोरञ्जन प्रदान गर्ने छन् ।बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको बारका म्यानेजर हरी पौडेलले जानकारी दिए ।बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने उनले बताए । युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उनले बताए । ‘यो नयाँ वर्षलाई स्पेशल बनाउँन शुभकामना आदन, प्रदान साथै खाना र म्युजिकसँगै झुम्न सबैलाई निम्तो छ,’ उनले भने, ‘हामीसँगै रमाईलो गर्न विशेष कार्यक्रम हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->