बागलुङ, १६ पुस – लगानी कर्ता सचेतना तथा अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । नेपाल स्टक एक्सेन्चको आयोजना तथा विद्या सेक्युरेटी एण्ड स्टकहाउस प्रा.लीको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाल स्टक एकसेन्चजका अध्यक्ष सुर्य न्यौपानेले सेयर बजारमा नितिगत समस्या रहेको कारण आवश्यक सुधार गर्ने आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल स्टक एक्सेन्चजका वरिष्ठ आइटि अधिकृत निरजन नायक र साहायक प्रवन्धक सुर्य न्यौपनेले मन्तव्य व्यक्त गरेको थिए ।
कार्यक्रमको सञ्चालन विद्या सेक्युरेटी एण्ड स्टक हाउस प्रा.लि बागलुङका ईन्चार्ज कुमार शर्माले गरेको थिए ।





