बागलुङ,१६ पुस – बागलुङको बलेवा क्षेत्रबा बिभिन्न कामको शिलशिलामा जापानमा रहेका नेपालीहरुको साझा संस्था बलेवा सेवा समाजको जापानको अध्यक्षमा राज पौडेल चयन हुनुभएको छ । अंग्रेजि नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधरणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विकास के.सि, उपाध्यक्षमा शेषकान्त रिजाल, महासचिवमा टिकाराम रिजाल बिमल, सचिवमा अर्जुन लामिछाने, कोषाध्यक्षमा एलपि शर्मा र सह कोषाध्यक्षमा दिपेन्द्र गिरि चयन हुनुभएको छ । समितिको सदस्यमा गोविन्द्र पौडेल, हरी रेग्मी, सन्तोष सापकोटा, महेन्द्र ढकाल, भिम केसि, भक्त हमाल, प्रताप हमाल, कृष्ण शर्मा समिर, दिपेन्द्र रिजाल, अर्जुन प्रताप सिंह केसि रहनुभएको छ ।
समितिको सल्लाहकारमा रामु चापाई, बलराम भट्ट रहनुभएको छ भने साधरणसभाले महेन्द्र पिसि, शर्मेन्द्र पौडैल सेवक र राजु चपागाईलाई संरक्षकमा चयन गरेको छ ।
साधरणसभाले महासचिव विमल रिजालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास केसिले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्व सर्वसम्मत रुपमा पारित गरेको थियो ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायक सुर्य खड्का, सोना केसि र निर्मल क्षेत्रिले आफ्नो सांगिति प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संरक्षक राजु केसि, महेन्द्र पिसिले मन्तव्य व्यक्त गर्दै समाजले हाल सम्म गरेका कार्यको सं्रहानिय भएको भन्दै आगामि दिनमा पनि सामाजिक कार्यमा थप क्रियाशिल भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रम समाजका अध्यक्ष शर्मेन्द्र पौडेल सेवकको अध्यक्षता, महासचिव विमल रिजालको सञ्चालन र प्रवत्ता अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।





