शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

घलेलमा ल्होछार उत्सव जारी

घलेलमा ल्होछार उत्सव जारी


  • Dhorpatan News
  • पुष १७ २०७६, बिहिबार

पोखरा,१७ पुस – कास्कीको माछापुच्छ्रे गाउँपालिका ८–९ घलेलमा जारी ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ मा बिहिबार पुरुष भलिबल तर्फ ६ खेल सम्पन्न भएका छन् ।बौद्ध सृजना युवा क्लबको खेल मैदानमा आज (बिहिबार) भएको खेलबाट निश्चल झरना युवा क्लब लुम्रे, बहकोट युवा क्लब दान्सिङ मोरिया, नौ ढोके युवा क्लब, जय शन्तोषी युवा क्लब, अन्नपूर्ण युवा क्लब किम्चे र मिलन युवा क्लब धम्पुस बिजयी हुदै अघिल्लो चरणमा प्रबेश गरेका हुन् ।आज भएको पहिलो खेलमा निश्चल झरना युवा क्लबले २५–१२ र २५–२३ को सोझो सेटमा र आयोजक हरियोलाई पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको क्लबका सदस्य झक गुरुङले जानकारी दिए ।त्यस्तै उनका अुनसार दोस्रो खेलमा बहकोट युवा क्लब दान्सिङ मोरियालाई सिल्दु देउराली युवा क्लब खादरजुङले १८–२५, २५–२० र २५–२० को सेटमा पराजित गर्याे ।तेस्रो खेलमा नौ ढोके युवा क्लबले सूर्यदय यवा क्लबलाई २५–२१, २३–२५ र २५–२१ को २–१ सेट सहित जित निकाल्यो ।चौथो खेलमा ग्रीन हिल क्लब ल्वाङको अनुपस्थितिमा जय शन्तोषी युवा क्लब वाकओभर मार्फत बिजयी बन्दै दोस्रो चरणमा प्रबेश गर्याे ।पाँचौ खेलमा अन्नपूर्ण युवा क्लबले न्यू जेनेरेशन क्लबलाई २५–१७, र २५–२० को सोझो सेटले पराजित गर्याे भने अन्तिम खेलमा मिलन युवा क्लब धम्पुसले हेङ्जाकोटलाई २५–१२ र २५–१० को सेट सहित सहज जित निकाल्दै दोस्रो चरणमा प्रबेश गरेको गुरुङले बताए ।उनले शुक्रबार पुरुष भलिबल तर्फकै पहिलो चरणका खेलहरु सम्पन्न गर्ने बताउदै मौलिक गुरुङ नृत्यहरु समेत प्रस्तुत गरिएको बताए ।आगामी २० गते सम्म सञ्चालन हुने सो उत्सवमा पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै प्रौढ (भेट्रान्स) भलिबल (३२ वर्ष माथि), सटफुट छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, सटफुट छेलो प्रतियोगिता (प्रौढ), तथा एकल नृत्य खुल्ला नृत्य लगायतका प्रतियोगिताहरु समाबेश गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->