आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा दुव्र्यसनी बढेकोमा चिन्ता

बागलुङमा दुव्र्यसनी बढेकोमा चिन्ता


  • ढोरपाटन संबाददाता
  • पुष १८ २०७६, शुक्रबार

बागलुङ, १८ पुस – समाजमा युवा पुस्ताहरु लागूऔषध दुव्र्यसनीको रुपमा बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बढ्दो दर घटाउन सरकारी तवरबाट भने कुनै कार्यक्रम आउन नसकेको उनीहरुले चिन्ता व्यक्त समेत गरेका छन् । बिहिवार बागलुङमा आयोजित एक अन्तरक्रियामा सहभागिले राज्यले चासो नराखेपछि व्यक्तीको पहलले केही गर्न नसकिने समेत बताए । नेपालमा बिभिन्न लागुऔषहरुको प्रयोग गर्ने झण्डै ३ लाख प्रयोगकर्ता रहेको प्रहरीको तथ्यांक छ । उनीहरुलाई सुधारमा लैजान सुधार गृह निर्माण र लागूऔषधको प्रयोग नगर्ने बनाउन सचेतना मुलक कार्यक्रम नबनेकोको उनिहरुको चिन्ता थियो । पहिचान र नियन्त्रण तथा सुधारका काम थाल्न तीनै तहका सरकारले रणनैतिक कार्यक्रम बनाउनुपर्नेमा सहभागिले जोड समेत दिए । प्रहरीको प्रयासले मात्र दुव्र्यसनी घटाउन नसकिने समेत बताइयो । समुदाय प्रहरी साझेदरी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यलय बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटीको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नार्कोनान् दक्षिण एसिया संयोजक तथा पूर्व एसएसपी बसन्तराज कुँबरले स्थानीय सरकारले लागूऔषध नियन्त्रण सम्बन्धि कार्यक्रम बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

‘लागु औषधको नियन्त्रणका लागि पाँच वटा प्रकृया छन् त्यस मध्येको अन्तिम प्रकृया मात्रै प्रहरीले पुरा गर्छ’ कुँवर भन्छन ‘एउटा संगठनको प्रयासले २० प्रतिशत कमी आउला तर ८० प्रतिशत त बाँकीनै रहन्छ ।’ गोमन सर्पको बिष भन्दा कडा लागूऔषधको प्रयोगमा स–साना बालबालिका देखि महिला तथा सज्जनहरु फस्दै गएको उनले बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले लागूपदार्थ दुव्र्यसनी लाई न्युनिकरण गरेर समाज र देशलाई सभ्य वनाउने तर्फ प्रहरी प्रशासन सहित सबै नागरिकहरु मिलेर लाग्नु पर्ने बताए । साथै कुलतमा लागेका युवायुवतीहरुलाई समयमा सचेत गराउन सके दुव्र्यसनबाट बचाउन सकिने बताए । कार्यक्रममा प्रहरी उपरीक्षक नवराज भट्टले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । साथै बागलुङमा प्रहरीले थालेको अभियान बारेमा पनि उनले बताएका थिए । कार्यक्रम लायन्स क्लव अफ बागलुङ सिटीका अध्यक्ष दिपा कुमारी जिसीको अध्यक्षता, सदस्य शर्मीला थापा क्षेत्रीको स्वागत र सदस्य अम्विका बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न टोलका आमा समूह, जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->