आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तुसारोको कारण डेढ सय रोपनी जग्गाको अलैँची नष्ट

तुसारोको कारण डेढ सय रोपनी जग्गाको अलैँची नष्ट


  • केशबराज क्षेत्री
  • पुष १८ २०७६, शुक्रबार

बरेङ,१८ पुस – नमुना अलैँची उत्पादक कृषि समूहको अलैँची तुसारोले नष्ट पारिदिएको छ । करिब पाँच सय रोपनीको खेतबारी तथा खरबारीमा रोपिएको अलैँची मध्ये करिब डेढ सय रोपनी जग्गाको कोपिला राख्ने बेलाको अलैँचीबोटलाई तुसारोले नष्ट पारिदिँदा अलैँची कृषकहरु चिन्तित भएका छन् ।बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर दलेङ स्थित १६ घरपरिवारद्धारा सञ्चालनमा ल्याइएको अलैँची गत वर्ष सोचेभन्दा राम्रै उत्पादन भएको समूहका अध्यक्ष बिमलप्रसाद शर्माले बताए।
जाडो मौसममा शीत वा पानीको बाफ जमी जमिनका घाँसपात लगायत अन्य उत्पादनशील वस्तुलाई समेत तुसारोले नष्ट पारिदिएको छ । पुष महिना सुरुवातबाटै तुसारो पर्ने, राम्रोसँग घाम नलागेको , अझै हिउँ परेमा बाँकी बिरुवा पनि नष्ट हुने हुन् कि भन्ने डर÷त्रासमा कृषकहरु रहेका छन् ।
सुरुवातमा समूहलाई कृषि ज्ञान केन्द्र पर्वतले सिँचाई निर्माणका लागि आर्थिक सहयोग गरेको थियो भने बरेङ गाउँपालिकाले अलैँची बिरुवा अनुदानमा दिनुका साथै प्राविधिक सहयोग गरेको समूहका अध्यक्ष शर्माले बताए । कृषि ज्ञान केन्द्र पर्वत सँग सिँचाईका लागि अहिले पनि सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->