बागलुङ,२० पुस – बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले निजी क्षेत्र संगको सहकार्य विना सरकारले समृद्धी हासिल गर्न नसक्ने वताएका छन।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आठौ वार्षिक साधारण सभाको अवसरमा वोल्दै पौडेलले सहकारीको रोजगारी र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको वताए । नगर प्रमुख पौडेलले सदस्य सन्तुष्टी प्रति ध्यान दिएर काम गर्न आग्रह गरे। बागलुङ जिल्ला वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम ,कोतमैदान वचत तथा ऋण सकारी सस्था गलकोटका अध्यक्ष रामवहादुर खत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सधारण सभाको अवसरमा संघका सचिव ऋषिराम गौतमले प्रगति प्रतिवेदन कोषाध्यक्ष लिलादेवी खड्काले आर्थिक र लेखा समिति संयोजक महेन्द्रसिह रायमाझिले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।कार्यक्रम संघका उपाध्यक्ष गणेश वहादुर खत्रीकोको स्वागत र सचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा उत्कृष्ट बचतकर्ताको रुपमा निलगिरी साकोस, उत्कृष्ट कारोबारमा महिलाहित साकोस र उत्कृष्ट ऋण कारोबारमा मिलिजुली महिला साकोस पुरस्कृत गरिएको थियो ।
यसै विच साधारण सभाको अवसरमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गोष्ठि, सदस्यसँग नेफ्स्कुन अभिमुखिकरण, आन्तरिक राजस्व कार्यालय बागलुङ र सिटिजन लाईफ इन्सुरेन्स कम्पनिको प्राविधिक सहयोगमा कर र बिमा बिषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
आन्तरिक राजस्व कार्यालय प्रमुख हेमराज सुवेदी कर सम्वन्धी प्रशिक्षण दिदै राज्यले ल्याएको कर सम्वन्धी नितिलाई पुर्ण रुपमा वालना गर्न आग्रह गरे । जतताको कर कर वाटनै देशको भौतिक पुर्वाधारको विकास र सामाजिक काम हुने भएकोले कर देशको हितकालागी प्रयोग हुने उनको भनाई थियो ।
कार्यक्रमा नेफ्mस्कुन क्षेत्रिय कार्यलय पोखराका अनुगमन अधिकृत पवनजंग मल्ल,सस्थाले प्रदन गर्ने सवा सुवीधा लागएत सहकारीको वारेमा जानकारी गराएका थिए ।





