बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु


  • Dhorpatan News
  • पुष २१ २०७६, सोमबार

तनहुँ,२१ पुस- तनहुँमा चितुवाको आक्रमणबाट एक बालको ज्यान गएको छ | आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो | जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार घर नजिक रहेको मामा घरबाट फर्कंने क्रममा चितुवाले आक्रमण गरेको हो |लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ | चितुवाको आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाको ज्यान गैसकेको डिभिजन वन कार्यालयले जनाएको छ |

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->