बागलुङ, २२ पुस – बागलुङ नगरपालिका–१३ पैयुँपाटा बाँस्कोटमा रहेको जनमत माध्यामिक विद्यालयको ३९ औं बार्षिक सम्पन्न भएको छ । बार्षिकोत्सवको मुख्य समारोह उदघाट्न गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षक अभिभावक दुवैको उत्तिकै दायित्व हुने बताएका छन ।
उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि समाजकै मुख्य भुमिका हुने बताए । हामी हाम्रा नानी बाबुलाई पढन त पठाउँछौ, नगरप्रमुख पौडेलले भने, विद्यालय गएर के पढेका छ कस्तो पढेका छन त्यो बारेमा अनुगमन गर्दैनौ । आफ्नो नानिबाबुको पढाई र शिक्षकको शिक्षण विधि कस्तो छ त्यसको बारेमा अभिभावकले चासो व्यक्त गर्न जरुर छ । जब सम्म हामी विद्यालय प्रति चासो व्यक्त गर्दैनौ तब सम्म विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कठिनाई पर्दछ ।’
पौडेलले जनमत मावि नगरपालिकाकै नजिकको नमुना विद्यालय भएको हुँदा यहाँको शैक्षिक विकासका निम्ती नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बागलुङ नगरपालिका–१३ वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री वडा नं. १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले समग्र वलेवा क्षेत्रको शैक्षिक विकासका लागि सवैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नगरपालिकाका श्रोत व्यक्ति लक्ष्मीकान्त पौडेल नेकपाका जिल्ला सदस्य रुद्र पौडेल, बानपा १३ का वडा सदस्य एकनाथ रेग्मी, भवानी प्रसाद रिजाल, उमानाथ प्रतिष्ठान पैयुँपाटाका अध्यक्ष चुडामण्ी शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ सचिव हरिराम अधिकारी विद्यालयका संस्थापक अध्यक्ष डिल्ली प्रसाद रिजाल, विद्यालय व्यवस्थापन समितिका सदस्य रामबहादुर खत्री लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक परशुराम रिजालले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सव पुष १८ गते देखी सुरु भएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयमा स्थापना भएको विभिन्न नौ वटा प्रतिभा पुरस्कार संस्थाबाट विभिन्न कक्षामा अध्ययनरत गरिब, विपन्न, जेहन्दार दलित लगायतका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी विद्यालयले विद्यालयमा सहयोग गरेको भन्दै भुपु सैनिक समाज पैयुँपाटा, शालिग्राम बचत तथा ऋण सहकारी संस्था, उमानाथ प्रतिष्ठन लगायतका संस्थाहरुलाई सम्मान गरेको थियो ।
सोही अवसरमा विद्यालयमा लामो समय सम्म अध्यापन गरेका पुर्व शिक्षक रामप्रसाद रिजाल सिर्जना पाठकलाई सम्मान गरेको थियो ।
कार्यक्रममा शिक्षा प्रेमि, चन्दादाता लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरप्रसाद रिजालको अध्यक्षता, शिक्षक मोहन सापकोटा र विद्यार्थी श्रीराम लामिछानेको स्वागत र शिक्षक ठाकुर प्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मुख्य समारोहमा विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुीत गरेको थिए ।





