आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साना व्यवसायी सक्रिय हुनुपर्छ : मन्त्री लम्साल

साना व्यवसायी सक्रिय हुनुपर्छ : मन्त्री लम्साल


  • ढोरपाटन संबाददाता
  • पुष २२ २०७६, मंगलबार

बागलुङ, २२ पुस  गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले युवा पलायन रोक्न साना लगानी कर्ताको भूमिका महत्व पूर्णहुने बताएका छन् । साना लगानीकर्ताले गरेको लगानीने मात्रै युवाहरुलाई स्वरोजगारी तर्फ आकर्षण गर्ने भन्दै लम्सालले आर्थिक उपार्जन र पर्यटनका क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीले प्रतिफल दिने विश्वास व्यक्त गरे ।
छैटौं बागलुङ महोत्सवको समापनका लागि सोमबार बागलुङ आएका लम्सालले ठुला लगानीकर्ता सानो शहरमा भीत्रिनु सकरात्मक रहेको भन्दै साना लगानीकर्ताहरु थप जागरुक र जिम्मेबार बन्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशको समृद्धिको आधार उद्योग पर्यटन तथा वन र वातावरणनै भएको लम्सालको दावी थियो । साना लगानी कर्ताले स्थानीय उत्पादन र त्यसको प्रबर्धनमा ध्यान नदिए सम्म स्वरोजगार तथा रोजगारी मुलक व्यवसायको सुरुवात हुन नसक्ने उनको भनाई थियो । बागलुङ उद्योग बाणिज्य संघले महोत्सवको पूर्व सन्ध्यामा आयोजना गरेको लगानी बहसलाई संकेत गर्दै लम्सालले ठुला लगानि कर्ता भित्राउनु र आँफै सकृय बन्नु बागलुङका व्यवसायीको लागि समान रहेको बताए । ‘हाम्रो मुख्य चुनौती युवाहरुको पलायन हो’ लम्सालले भने ‘त्यसलाई रोक्नु र रोजगारी सँग जोड्नु हाम्रो दायीत्व हो ।’ उनले शिक्षाको विकास बिना आर्थिक तथा सामाजिक बिकसको परिकल्पना गर्न नसकिनेमा जोड दिए । ‘हामिले प्रादेशीक विश्वबिद्यालयको परिकल्पना गरेका छौं, सोही अनुसार तयारी भैरहेको छ’ लम्सालले भने ‘विश्वविद्यालयको स्थापना र प्रदेशको माटो अनुसारकै पाठ्यक्रम बन्यो भने त्यो सबैका लागि लाभदायक बन्ने छ ।’ सम्बोधनको क्रममा बागलुङमा बर्षभरी हुने मेला महोत्सवको सूचि सम्झेका मन्त्रि लम्सालले मेला तथा महोत्सवहरुलाई उपलव्धी मुलक बनाउन आग्रह गरे । ‘संकृतिको संरक्षणमा मेला महोत्सवले सहयोग गर्छन त्यसमा दुईमत रहेन’ लम्सालले भने ‘उपलव्धिको मुल्यांकन गरेर मेला महोत्सवको आयोजना गर्नु आवश्यक छ ।’ लम्सालले दिर्घकालिन उपलव्धी हुनेगरी आयोजना हुने मेला महोत्सवको लागि सहयोग गर्न प्रदेश सरकार सधैं तयार रहेको बताए । उनले व्यवसायी तथा पर्यटन क्षेत्र सँग सम्बन्धित सरोकारवालालाई नीतिगत कारणले समस्या पैदा भएको भए बेलैमा सुझाउन आग्रह गरे । ‘हामि समृद्धिको बाटोमा छौं, नीतिगत कमजोरीका कारण उद्योग पर्यटन र व्यवसायको क्षेत्रमा समस्या भए जानकारी गराउने समय यहि हो ।’ लम्सालले भने ‘हामि तपाईहरुको साथमै छौं ।’ उनले आर्थिक उवपार्जन, रोजगारी तथा स्वरोजगार उत्पादनको क्षेत्रमा सहज हुने गरी नीतिगत सुधारका लागि प्रदेश सरकार सधैं तयार रहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मन कुमारी केसीले पर्यटन बर्ष र आर्थिक समृद्धिको यात्राको सफलताका लागि महोत्सव महत्वपूर्ण कडि बनेको बताईन् । गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्माले प्रदेश सरकार व्यवसायीको हित र सर्वसाधारणको जिविकोपार्जन सँग जोडिनुपर्नेमा जोड दिए । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ बासुले व्यवसायीहरुलाई उर्जावान बनाउन सरकारले नीति र बिधिमा स्पष्टता देखाउनुपर्नेमा जोड दिए । ११ दिन पहिला सुरु भएको महोत्सव सोमबार सकिएको छ । महोत्सवका अवसरमा आयोजना भएका खेलकुद तथा सांकृतिक प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गर्दै महोत्सव सहिएको हो । बर्षाका कारण रोकीएको एक दिन थप गर्दै ११ दिन महोत्सव चलाईएको थियो । महोत्सव समापनका अवसरमा उद्योग बाणिज्य संघले बागलुङमा रहेको मानव सेवा आश्रमलाई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आश्रमलाई प्रति टिकट चार रुपैयाँ दिने लगायतका बिभिन्न अक्षय कोष स्थापना गर्ने लक्ष राखेर महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा भएको कारोवार तथा आम्दानी खर्चको बिवरण आउन केही दिन लाग्ने आयोजकले जनाएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गाणेश तिमिल्सीनाले उद्घाटन गरेका थिए । सोमबार भएको समापन कार्यक्रम संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता र महासचिव नरेश कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->