बागलुङ,२३ पुस – बारीमा फलेको मुलाले पूर्ण प्रसादको मनमा लागि रहेको थियो । यसको बेला नसकिँदै कतै मेला महोत्सवको आयोजना भए त्यहाँ पु¥याएर प्रदर्शन गर्नुहुन्थ्यो भनेर । पर्वतको जलजला गाउँपालिका–७ का पूर्ण प्रसाद पौडेलको बारीमा फलेको मुला छैटौ बागलुङ महोत्सवमा पदर्शन भयो । उनको मुला तरकारी बाली अन्तगत कृषि ज्ञान केन्द्र पर्वतको तर्फबाट पुरस्कृत पनि भएको छ । पौडेलले उत्पादन गरेको मुला बागलुङ महोत्सवमा प्रदर्शनका लागि ल्याउने बेला सम्मका अनेक किस्सा जोडिएका छन् ।
प्रथम पुरस्कार पाएका मुलाले ८ सय ५० रुपैयाँ पाए तर त्यही मुलालाई किसानले उत्पादन गरेको स्थान देखि महोत्सव स्थल सम्म पु¥याउँदाको खर्चको कसैले हिसाव गरेको छैन् । पौडेलले झण्डै १५ सय रुपैयाँ खर्च गरेर मुला महोत्सव स्थल सम्म पु¥याएका थिए । एउटै मुला चार देखि पाँच किलोग्रम सम्म रहेको मुलाले पहिलो पुरस्कार जित्ने बेलामा पौडेल जत्तिको खुसी थिए उत्तिकै पीडाले उनको मन पोलेको थियो । मुला ल्याउँदाको ढुवानी, प्रदर्शनीको बेला सम्म बजार बसेर खाँदा बस्दाको खर्च र पुरस्कार तथा सम्मानबाट आउने रकम र त्यही मुला बिक्रि गदाृ आउने रकमको रकमान्तर हेर्दा किसान सधैं मारमानै हुन्छन् । पूर्णप्रसादलाई पनि त्यो मारले छोडेन उनी जस्तै २८ जना किसानले मंगलवार मन अमिलो बनाउँदै आँफुले पाएको पुरस्कार ग्रहण गरेका छन् ।
गमलामा फलाएको खुसार्नी महोत्सवमा प्रदर्शन गरेका बागलुङ नगरपालिका ९ का पदम बहादुर खत्रीको पनि समस्या कम छैन् । उनले पनि हजारौंको लगानीमा महोत्सव स्थलमा पु¥याएको खुसार्नीले फाईदा होईन घाटाको व्यापार गरेको छ । हुनत खुसार्नी पहिलोनै भयो तर खर्चको एक तिहाई पनि उठाएको छैन् । छैटौं बागलुङ महोत्सवको अवसरमा आयोजना गरीएको कृषि मेला प्रदर्शनीको संयोजनको जिम्मेबारी लिएको मिरमिरे कृषि सहकारी संस्थाले मंगलवार उत्कृष्ट हुने किसानका उत्पादनहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।
आफ्नो प्रमुख नारानै बनाएको उद्योग बाणिज्य संघ तथा महोत्सव मुल आयोजक समितिले मुल समाररोहमा पुरस्कार वितरण नगरेकाले सहकारीले आफ्नो संष्योजनमा रहेका सबै कृषकलाई बोलाएर मंगलवार पुरस्कार तथा सम्मान वितरण गरेको हो । महोत्सवमा प्रदर्शन गरीएमा मध्ये ७ बिधाका २८ जना कृषकहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रदर्शनीमा सहभागि भएर प्रथम हुनेले १ हजार द्वितिय हुनेले ७ सय, तृतिय हुनेले ५ सय र सन्त्वना हुनेले ३ सय रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुले पाएको रकममा कर कट्टा गरीएको थियो । पुरस्कार तथा सम्मान कार्यक्रममा सहभागी किसानहरुले राज्यले किसानको पीर मर्का नबुझेको गुनासो गरे । राज्यले उपलव्ध गराएको सुबिधा समेत झोलामा फाराम दर्ता गर्नेहरुले वास्तविक किसानले पाउनवाट बन्चित बनाएको गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै बागलुङ उद्योग बाणिज्य संघका सह–महासचिव थानेश्वर सुवेदीले महोत्सव कृषि तथा पशुजन्य उत्पादनको प्रथमीकता हुँदा हुँदै पनि राज्यको नीति र उद्योग बाणिज्य संघको सिमित स्रोतका कारण व्यवस्थापन गर्न कठिन भएको बताए ।
कार्यक्रममा किसानहरु तुलसीराम सापकोटा, मयाा खड्का, हिराबहादुर केसी र पत्रकार तारानाथ आचार्य लगायतले बोलेका थिए । किसान टिकाराम सापकोटाको अध्यक्षता, मिरमिरे कृषि सहकारी संस्थाका सचिव नारायण प्रसाद शर्माको स्वागत र गंगा बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थिए ।





