आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तमानखोलामा आफ्नै बन्दुकको छर्राले लागेर ओमबहादुरको मृत्यु

तमानखोलामा आफ्नै बन्दुकको छर्राले लागेर ओमबहादुरको मृत्यु


  • ढोरपाटन संबाददाता
  • पुष २५ २०७६, शुक्रबार

बागलुङ,२५ पुस -बागलुङको तमानखोलामा आँफ्नै भरुवा बन्दुकको छर्राले लागेर घाईते भएका एक व्यक्तिको उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ बर्षिया ओमबहादुर घर्तीको बिहिबार राती उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरेको थियो । घरछेउको जंगलमा बाँदर लखे्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुरक पड्केर छर्राले लाग्दा घाईते भएको स्थानीयले बताएका छन् । उनको बाँयाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बिहिबार राती पौने नौ वजे अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले बताए । घटनाको बिषयमा प्रहरिले अनुसन्धान थालेको छ । ईलाका प्रहरी कार्यालय बुतिबाङबा प्रहरी टोली खटाई अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए नभएको बिषयमा समेत प्रहरीले खोजी थालेको छ । बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका बिषयमा पनि अनुसन्धान सुरु भएको उनले बताए । मृतक घर्तीको शव अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । आवश्यक अनुसन्धान र पोष्टर्माम पछि उनको शवलाई परिवारको जिम्मा लगाईने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->