बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा प्रयोगकर्तानै झस्कीने मदिरा बनाउने कच्चा पदार्थ !

बागलुङमा प्रयोगकर्तानै झस्कीने मदिरा बनाउने कच्चा पदार्थ !


  • ढोरपाटन संबाददाता
  • पुष २५ २०७६, शुक्रबार

बागलुङ,२५ पुस – उत्पादन र बिक्रिवितरणमा प्रतिबन्ध रहेको घरेलु मदिरा जिल्ला प्रहरी कर्यालय बागलुङले बेला बेलामा खोजी गरेर नष्ट गर्ने गरेको छ । प्रहरीले चलाएको अपरेशनका बेला उत्पादहरुले सञ्चय गरेर राखेको मदिरा र सामान्य कच्चा पदार्थ मात्रै भेटिन्थे । तर यसपटक प्रहरीले चलाएको अभियानामा त्यास्तो देखिएन् ।
प्रहरीले बिहिबार ‘योङ ओमन लिडर’ महिला समुहको सकृयतामा बागलुङ नगरपालिका–३ मुलपानीमा घरेलु मदिरा नष्ट गर्ने अभियान चलायो । स्थानीय रेशम बहादुर जि.सीको घरमा गरिएको चेक जाँचमा भेटिएको मदिरा तथा कच्चा पदार्थभने प्रयोग कर्ताहरुनै झस्किने खालका थिए ।
फोहोरले भरीएका ड्रममा २ हजार ५ सय लिटर मदिरा थियो । १४ ड्रम फेला परेको प्रहरीले सबै मदिरा नियन्त्रणमा लियो । मदिरा बनाउनका लागि ड्रमसँगै राखिएका कच्चा पदार्थ अकल्पनिय भेएिको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले बताए ।
‘पुराना चप्पल, जुत्ता पनि मदिरा बनाउने कच्चा पदार्थ रहेछन्’ भट्टराईले भने ‘खुर्सानी समेत सिावट गरीएको जाँड भेट्यौं ।’ अखाद्यबस्तु प्रयोग गरेर बनाईको मदिरा बरामद गरेपछि प्रहरीले उत्पादकलाई सजग बनएको छ । ‘हामिले कानुनले बन्देज गरेको कुरा नगर्न भनेका छौं’ भट्टराईले भने ‘समुदाय प्रहरी साझेदारी मार्फतनै नियन्त्रणमा लाग्छौं ।’ प्रहरीले बरामद गरेको मदिरा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा महिला समुहको रोहवरमा नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->