आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पृथ्वीजयन्तीको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पृथ्वीजयन्तीको शुभकामना


  • ढोरपाटन संबाददाता
  • पुष २६ २०७६, शनिबार

पोखरा,२६ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीजयन्तीको शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा पृथ्वीनारायण शाहलाई ‘नेपाल एकिकरणका नायक’को संज्ञा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका केही संघ÷संस्थाले २९८ औँ पृथ्वीजयन्तीमा सार्वजनिक बिदाको माग राख्दै आए पनि गण्डकी प्रदेशले सार्वजनिक बिदा घोषणा भने गरेन । गोर्खाका ४ वटा स्थानीय निकायमा भने बिदा दिइएको छ ।
मुख्यमन्त्रीको सन्देशमा ‘१७७९ साल पुस २७ गते गण्डकी प्रदेशको गोर्खा जिल्लामा जन्मनुभएका पृथ्वीनारायण शाहप्रति गण्डकी प्रदेशले अझ..गौरवान्वित महशुस गर्नु स्वभाविकै हो । नेपालको गौरवशाली इतिहासको अत्यन्तै महत्वपूर्ण घटनाक्रमको रुपमा रहेको नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योेगदानको उच्च कदर गर्दै यस अवसरमा उहाँप्रति हार्दिक सम्मान प्रकट गर्दछु’, भनिएको छ । उनले अभियानमा सँगै रहेर योगदान पु¥याउनेहरुलाई पनि सम्झेका छन् । मुख्यमन्त्री गुरुङले
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको सफलताका कारण आज स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रुपमा विश्व मानचित्रमा परिचित हुन पाएको पनि जिकिर गरेका छन् । सन्न्देशमा पृथ्वीनारायणले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, साँस्कृतिक लगायत अन्य विविधताकाबीच मजबुत एकताको आधार तयार गरेको उल्लेख गर्दै त्यही आधारमा टेकेर लोकतान्त्रिक गणतन्त्रतात्म राज्य व्यवस्थामा आइपुगेको समेत बताएका छन । उनले

पृथ्वीनारायण शाहले शुरु गरेको भौगोलिक एकीकरणको जगमा उभिएर समाजवादतर्फ उन्मूख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ पार्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारिने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->