बागलुङ, २७ पुस – जिल्लामा रहेर ब्यबसायीक काम कारोबार गर्ने ब्यापारीहरूको हकहितको लागि गठन भएको कपडा तथा फेन्सी ब्यबसायी समिति बागलुङको दशौ साधारणसभा सभा सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले आफु ब्यवसायको पक्षमा काम गरेर जानुपर्छ भन्ने पक्षमा रहेको वताए । बागलुङ जिल्लामा २१ वटा वस्तुगत संगठन छन् तर नबिकरण भएका छैनन् उद्योग बाणिज्य संघले त्यस्तो संगठनलाई निशुल्क नबिकरण गरिदिने अध्यक्ष राजभण्डारीले बताए । जिल्लामा झोले र पोके ब्यापारीले गाउँ गाउँमा लगेर छताछुल्ल रूपमा ब्यापार गर्न नपाउने जिल्लामा सरोकारवाला संग सहमति भएको अध्यक्ष राजभण्डारीले बताए । अहिले जताततै करको भार थोपरिएको हुँदा यसलाई समाधान गर्न सबै लाग्नुपर्ने अध्यक्ष राजभण्डारीले बताए ।
साधारणसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मञ्चका बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, फेन्सी ब्यवसायी समितिका सल्लाहकार युगेश्वर वझा, नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघका जिल्ला अध्यक्ष रतन मलेपती, समाजसेवी देवबहादुर श्रेष्ठ, फेन्सी ब्यबसायी समितिका सदस्य नन्द कलि शर्मा लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा समितिका सचिव गोविन्द सुवेदीले समितिले एक बर्ष भित्र गरेको गतिविधि सहितको प्रतिवेदन पेश गरेका थिए । ब्यवसायलाई मात्रै नाफा मुखी नबनाएर सामाजिक उत्तर दायित्वको काम पनि गर्दै आएको सचिव सुवेदीले स्पष्ट पारेका थिए । कोषाध्यक्ष गोकुल कडेलले समितिले एक बर्ष भित्र ८७ हजार ९ सय ५५ रूपैयाँ २५ पैसाको आय ब्यय बिवरण प्रस्तुत गर्दै आगामी बर्ष १ लाख ४९ हजार १ सय ५३ रूपैयाँ २५ पैसा अनुमानित बजेट समेत पेश गरेका थिए ।
कार्यक्रम समितिका अध्यक्ष चन्द्रकान्त शर्माको अध्यक्षता, समितिका उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव गोविन्दप्रसाद सुवेदीलेको संचालनमा सम्पन्न भएको थियोे ।





