आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम

जैविक चिया संस्कृतिको विकास गर्न “टि टक” कार्यक्रम


  • जमुना वर्षा शर्मा
  • पुष २७ २०७६, आइतबार

पोखरा, २७ पुस – पोखरामा आइतबार जैविक चिया र यसको महत्वको बारेमा ‘टि टक’ कार्यक्रम गरिएको छ । विशेष गरी अग्र्यानिक (जैविक) चियाको महत्व र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी दिन र स्वदेशी चियाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बसन्त ट्रेडका संचालक एवं अग्र्यानीक चिया व्यवसायी रवी पौडेलले जानकारी दिए ।
‘टि टक’ कार्यक्रममा जैविक चिया विज्ञ एवं कञ्चनजंघा अर्थोडक्स चिया उद्योगका संचालक हरी सिटौलाले चियाको उत्पत्ति र यसको विकासक्रमसँगै मानव स्वास्थमा यसको महत्वको बारेमा जानकारी दिएका थिए। माइण्ड केमस्टि रिर्सच पर्सन समेत रहेका सिटौलाले मानव मस्तिष्कमा जैविक चियाले उत्पन्न गराउने हर्मोन र त्यसले मस्तिष्कलाई कसरी सक्रिय र निस्क्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले जैविक चियामा भिटामिन सी र इ तथा बी टु पाइने ग्रीन टीमा फोलिक एसिड, बिटा व्यारोटिन क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, जिङ्क कपर एन्टि अक्सिडेन्ट आदि तत्वहरु पाइने र यसको प्रयोगबाट शरीरमा स्फुर्तिका साथै स्मरण शक्तिको विकास हुने जानकारी दिए ।
‘टि टक’ कार्यक्रममा सहभागि ज्ञान गुरुङले सामान्य रुपमा बुझिने जैविक चियाका अनेक फाइदाको बारेमा जानकारी लिन पाएको प्रतिक्रिया दिए । उनले एउटै चियाको बोटबाट विविध खालका चिया कसरी तयार गरीन्छ भन्ने र त्यसको तयारी प्रक्रियाको बारेमा समेत जानकारी लिन सफल भएकोमा खुसी ब्यक्त गरे ।कार्यक्रम आयोजक रवी पौडेलले विगत ७ सात वर्ष देखि अग्र्यानिक र सेमि अग्र्यानिक चियाको व्यवसाय गर्दै आएको र पछिल्लो समय नेपालीले जैविक चियाप्रति रुचि देखाएको बताए । “जुन अनुपातमा जैविक चियाको प्रयोग हुनुपर्ने हो त्यो अझै भएको छैन ।” चिया संस्कृतिको विकास गर्न र यसको महत्वलाई उजागार गर्न जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको उनको भनाइ थियो ।
पौडेलले अहिले बसन्त चिया ट्रेड कन्सर्नमा चियाको मात्र ३० वटा भेराइटि उपलब्ध रहेको बताए । “विभिन्न रोग लागेका व्यक्ति अहिले जैविक चिया प्रयोगबाट सञ्चो भएको भन्दै खोज्न आउने गरेका छन् ।” उनले भने जैविक चियाको राम्रोसँग प्रयोग गर्न जानियो भने शरीरको ८० प्रतिशत रोग निको हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->