आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बिदेशमा रहेकाको सदस्यता नविकरण नहुने

बिदेशमा रहेकाको सदस्यता नविकरण नहुने


  • ढोरपाटन संबाददाता
  • पुष २७ २०७६, आइतबार

बागलुङ,२७ पुस – नेपाल पत्रकार महासंघ बागलुङले शुद्विकरण अभियान थालेको छ । शुद्विकरण अभियान अन्र्तगत महासंघले शाखा सदस्य रहेका निर्वाचित जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीको सदस्यता नविकरण नगर्ने भएको छ । महासंघका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा आइतवार बसेको बैठकले महासंघलाई श्रमजिवी पत्रकारहरुको साझा, व्यवसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न यस्तो निर्णय गरेको हो । यसका साथै बिदेश गएकाहरुको पनि सदस्यता नविकरण नगर्ने र स्थान्तरण गर्न चाहेमा सम्वन्धित देशमा स्थान्तरणका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको महासंघका सचिव राम थापाले बताए । बैठकले महासंघको सदस्यता लिए पनि पछिल्लो समय निश्क्रिय रहेका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गरेर पत्रकारिता र पत्रकार महासंघको गरिमालाई जिवन्त राख्न आव्हान समेत गरेको सचिव थापाले बताए । पत्रकार महासंघको नयाँ सदस्यता तथा नविकरण सम्बन्धि केन्द्रिय समितिको पछिल्लो कार्यविधि र सर्कुलर अनुसार १२ जना जनप्रतिनिधि, निजामति कर्मचारी र राजनीतिक दलका पार्टी पदाधिकारीको सदस्यता नविकरण नगर्ने निर्णय भएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए । उनका अनुसार, २६ जना बिदेशमा रहेका पत्रकारहरुको नविकरण नगर्ने र सम्बन्धित सदस्य कार्यरत रहेको देशमा सदस्यता स्थान्तरण गर्न सिफारिस गरिनेछ । ‘पत्रकार महासंघको सदस्यता लिए पछि त्यो आजिवन जस्तो हुने प्रवृत्ति अहिले बिद्यमान छ, यसले सिंगो पत्रकारिता र पत्रकार महासंघको बदनाम भइरहेको छ,’ अध्यक्ष शिरीषले भने ,‘हामी यो प्रवृत्तिलाई निरुत्साहित गर्ने अभियान शुरु गरेका छौ, अब संख्याको हिसाव कितावमा होइन, गुणात्मक पत्रकार र पत्रकारिताको पक्षमा महासंघ दृढ भएर अघि बढ्छ ।’ पहिले आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासंघमा महत्वपूर्ण योगदान र भुमिका खेलेका व्यक्तिहरुलाई पत्रकार महासंघले मानार्थ सदस्यता दिने व्यवस्था गरेकाले स्वेच्छिक सदस्यता त्याग समेत गरेर यो बर्ष ५० जना जति सदस्य हट्ने सम्भावना छ । यसका लागि शाखाले नविकरणमा समेत कडाई गरेको छ । सदस्यता नविकरणका लागि नियुक्ति पत्र, क्रियाशिलताको प्रमाणपत्र लगायत अनिवार्य गरेको छ । महासंघमा हाल १ सय ८१ सदस्य आवद्ध छन् ।
बैठकले पत्रकार महासंघको भवन निर्माणको हाल सम्म आम्दानी खर्च पनि अनुमोदन गरेको छ । कुल १ करोड ३० लाख रुपैयाँको लागत अनुमान भए पनि हाल सम्म ९३ लाख भन्दा बढी खर्च भएको र ९० लाख बढी आर्थिक संकलन भएको शाखाका कोषाध्यक्ष बिजय रानाले जानकारी दिए । उनका अनुसार करिब ३ लाख रुपैयाँ उठ्न बाँकी छ । सहयोगदाताको नामावली सहित पत्रकार महासंघ स्मारक बनाइने र अझ करिब ५ लाख रुप थप लाग्ने उनले बताए । महासंघ भवनको फागुन पहिलो साता उद्घाटन गरिने छ । भवन उद्घाटनका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आमन्त्रण गर्ने निर्णय गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->