
बागलुङ, २८ पुस – बागलुङमा दोस्रो मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । सहिद दिवसको अवसर पारी माघ १६ गते देखि २२ गतेसम्म प्रतियोगिता ओयोजना हुने लागेको पत्रकार सम्मेलन विच आयोजक बागलुङ नगरपालिका र संयोजक जिल्ला फुटबल संघले जनाएको हो ।
बागलुङ स्थित बाङगेचउर खेल मैदानमा प्रतियोगिता हुनेछ । अघिल्लो बर्ष भएको पहिलो प्रतियोगिता वालिङ नगरपालिकाले जितेको थियो । यस पटक सबै नगरपालिका, उपमहानगर र महानगरपालिकाले भाग लिन पाउनेछन् । बागलुङ नगरपालिकाले सबै नगरपालिकामा पत्राचार थालेको उपप्रमुख सुरेन्द्र खड्काले बताए । नगरपालिकाले चालु बर्ष बिनियोजन गरेको २५ लाख रुपैया“ बजेटले प्रतियोगिता संचालन हुनेछ ।
खेलमा पहिलो हुनेले कर कटाएर ३ लाख नगद पुरस्कार पाउनेछ । दोश्रो हुनेले २ लाख र सेमी फाइनलमा पराजित हुने दुइ टिमले ६० हजार रुपैया“को दरले नगर पुरस्कार पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडीलाई १० हजार, हरेक बिधामा ५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याच बन्नेले २ हजार नगद पुरस्कार पाउनेछन् । ती सबै पुरस्कार कर काटेर पाउने रकम भएको बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि संयोजक फुटबल संघले १३ वटा समिती तयार गरेको छ ।
जस अन्र्तगत मैदान व्यवस्थापन संयोजकमा राजकुमार शर्मा, प्रचार प्रसार संयोजकमा सुर्य लामिछाने, झाँकी तथा सांस्कृतिक कार्यक्रम संयोजकमा जय राजभण्डारी, प्राथमिक उपचार संयोजकमा लोक बहादुर खड्का, रेफि/कमिशनर संयोजकमा विकास थापा, खाजा व्यवस्थापन संयोजकमा रुविना श्रेष्ठ थापा, खेलाडी व्यवस्थापन संयोजकमा प्रकाश शर्मा, मञ्च÷स्टल व्यवस्थापन संयोजकमा राहुल बोहरा, टिकट/निमन्त्रणा संयोजक संयोजकमा सुरज खड्का, पुरस्कार÷मायाको चिनो संयोजकमा भानु आचार्य, उद्घाटन÷समापन समारोह संयोजकमा रेशम गोतामे, सम्मान तथा सुरक्षा संयोजकमा राम शर्मा र स्वयसेवक संयोजकमा राजकुमार बोसेल रहेका छन् ।
बागलुङका लागि यो सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको खेल प्रतियोगिता हुने आयोजकले बताए । साथै कार्यक्रममा प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेका थिए ।





