पोखरा, २९ पुस – हंसेश्वर पशुपतिनाथ शिवालय धारापानीमा शिवपुराण धनधान्याञ्चल महायज्ञ गरिने भएको छ ।अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरमा रहेको उक्त शिवालयमा आगामी माघ १० देखि सम्म महायज्ञ सञ्चालन गर्न लागिएको हो । १ सय ११ वर्ष पुरानो शिवालय मन्दिरको पुनः निर्माण ,दैनिक पुजापाठ सञ्चालनकोलागि अक्षयकोष स्थापना ,बहुउद्देश्यीय धर्मशाला भवन ,शिवालय परिसरमा पक्की पर्खाल लगाउने लगाएतका उदेश्यसहित महायज्ञ आयोजना गरिएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो । महायज्ञमा शिवपुराण संगितमय कथा बाचन तथा पाठ पारायण ,रुद्राभिषेक ,हवन ,धनधान्याञ्चल ,तुलादान ,वेदपाठपारायण ,चण्डिपाठ लगाएतका धार्मिक अनुष्ठान हुने अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । महायज्ञ सञ्चालनकोलागि दश लाख खर्छ लाग्ने र संकलनको लक्ष्य यति भन्ने यकिन नगरेको उनले बताए । भक्तजन र दाताको इच्छा अनुसार दान संकलन हुने भएकोले यतिनै हुन्छ भनेर नतोकेको उनले जनाए । कार्यक्रममा बोल्दै उक्त महायज्ञका प्रमुख वाचक भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले सामाजिक विकासकोलागि धनधान्याञ्चल महायज्ञ ले महत्त्वपूर्ण योगदान दिएको स्मरण गरे । शैक्षिक सस्थादेखि हरेक विकास निर्माणका कार्यमा महायज्ञले सहयोग गरेको भन्दै सहयोग दाताको दानको सहि सदुपयोग र खर्चमा कटौती गर्न आग्रह गरे । कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद शर्माले गरेका थिए । उक्त मन्दिर एक हजार ८ स्वामी स्वर्गद्वारी प्रभु महाराजले वि.स १९६५ सालमा स्वर्गद्वारीबाट प्रसादको रुपमा शिवलिङ ल्याई स्थापना गरेको जनविश्वास छ । मन्दिर प्राचिन शक्तिपिठका रुपमा समेत चिनिदै आएको छ ।





