बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्दीपुर दौड प्रतियोगिताको उपाधि अजितलाई

बन्दीपुर दौड प्रतियोगिताको उपाधि अजितलाई


  • ढोरपाटन संबाददाता
  • माघ १ २०७६, बुधबार

बन्दीपुर,१ माघ – नेपाल भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिकाले दौड प्रतियोगिताको सम्पन्न गरेको छ । पर्यटकीय नगरीको रूपमा परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्दै भ्रमण वर्षको प्रचारका लागि गाउँपालिकाले आयोजना गरेको दौड प्रतियोगिताको तेस्रो संस्करण वुधवार सम्पन्न भएको छ ।
दौड प्रतियोगिताको खुलातर्फको  उपाधि काठमाडौँका अजितकुमार यादवले जितेका छन्। बन्दीपुरको डुम्रेबजारदेखि गाउँपालिकाको कार्यालयसम्मको ८ कीमी दूरी ३८ मिनेट ५३ सेकेन्डमा पार गर्दै यादवले उपाधि जितेका हुन्। प्रतियोगितामा ओेखलढुंगाका अनिल कार्की द्वितीय भएका छन्। उनले उक्त दूरी ३९ मिनेट १६ सेकेण्डमा पूरा गरेका थिए। प्रतियोगितामा प्रथम र द्वितीय हुने धावकले क्रमशः रु ३० हजार र १५ हजार प्राप्त गरे ।
आन्तरिकतर्फको दौडमा बन्दीपुर–१ निवासी चन्द्रकुमार सुनार प्रथम र वडा नं २ निवासी रविन गुरुङ द्वितीय भए। उनीहरुले क्रमशः उक्त दूरी ४४ मिनेट ५१ सेकेण्ड र ४६ मिनेट ३७ सेकेण्डमा पूरा गरे।
प्रतियोगितामा खुल्ला र आन्तरिक गरी २७ प्रतियोगीको सहभागिता रहेको थियो। विजेताहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिकाका अध्यक्ष पूर्ण्सिंह थापाले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा बोल्दै मन्त्री लम्सालले पर्यटनबाट मात्र समृद्धि सम्भव रहेको भन्दै पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए। खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा थियो । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित दौड आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->