शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आयोजक भ्याली डर्वीको सहजजित

आयोजक भ्याली डर्वीको सहजजित


  • विजय नेपाली
  • माघ ३ २०७६, शुक्रबार

पोखरा,३ माघ – पोखराको रामवजारमा जारी तेस्रो संस्करणको अमन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक भ्याली स्पोर्टस क्लब पहेँलो र सेतोले सहज जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा जारी प्रतियोगितामा बिहिवार चार खेल सम्पन्न भएका छन । भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा भएको प्रतियोगिता अन्तरगत विहीबार चार खेल समपन्न भएका छन । प्रतियोगितामा आयोजक भ्याली स्पोर्ट्स , संगम एफसी, भ्याली पहेंलो र तारा एफसी क्वाटरफाइनल प्रवेश गरेका छन ।
विहीबार भएको पहिलो खेलमा भ्याली स्पोर्ट्स पहेँलोले चाउथे एफसीलाई ३–२ गोल अन्तरले हराउदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित बनाएको छ । भ्यालीको जितमा समीर कार्कीले दुई तथा अनिल गुरुङले एक गोल गरे । अनिलले खेलको १२ औ मिनेटमा गोल गरेका थिए भने कार्कीले खेलको ३६ औ र ३९ औ मिनेटमा गोल गर्दै भ्याली पहेँलोलाई जित दिलाएका हुन ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा चाउथेले खेल सुरु भएको ३ मिनेटमा गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । चाउथेको लागि जीवन रायमाझीले खेलको ३ र ४१ आँै मिनेटमा गोल गरे । दोस्रो खेलमा संगम एफसीले लेकसाइड माथि ४–१ गोलको जित हात पारेको छ । संगमले लेकसाइमाथि सहज जित निकालेको हो ।
संगमको जितमा बेलप्रसाद गुरुङले खेलको १९ औँ मिनेटमा गोल गरे । त्यस्तै सुमित श्रेष्ठले २९ औ मिनेटमा अर्जुन रानामगरले ३६ औ र टंक गुरुङले खेलको ४२ औ मिनेटमा गोलगर्दै सहज जित निकालेका हुन । यसअघि खेलको १२ औ मिनेटमा लेकसाइडका लागि संजय बुढाथोकीले गोल गर्दै अग्रता लिए पनि खेलमा सम्हालिन नसक्दा हार व्यहोरेको हो ।
तेस्रो खेलमा भने भ्याली सेतोले एसएन ब्रदर्स माथि ७–२ को निकै फराकिलो गोल अन्तरले पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरेको छ । भ्याली सेतोको जितमा सुनिल गोदामेले सर्वाधिक पाँच गोल गरे । उनले खेलको ७ औँ मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले खेल सुरु भएको ५ औँ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । उनले एक मिनेट भित्र दुई गोल गरेका थिए । त्यस्तै खेलको ३० र ३६ औ मिनेटमा थप एक एक गोल गरे । भ्यालीको लागि अजय श्रेष्ठले खेलको ६ र २८ औ मिनेटमा एक एक गोल गरे । एस एन ब्रदर्सको लागी बुद्ध गुरुङले दुई गोल गरे उनले खेलको ३० र ३७ औ मिनेटमा गोल गरे ।
प्रतियोगिताको अन्तिम प्री(क्वाटरफाइनल खेलमा तारा एफसीले एम–१२ लाई २–० गोलले गराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ । ताराको जितमा शिव सुवेदी र हरि गुरुङले समान एक एक गोल गरे । सुवेदीले खेलको १९ औ मिनेट र गुरुङले २२ औ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

प्रतियोगिता अन्तरगत शुक्रवारदेखि क्वाटरफाइनलका खेल हुने र म्यान अफ दि म्याच समेत घोषित गरिने प्रतियोगिता संयोजक विश्व तण्डुकरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->