आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बिधिको शासन कमजोर भयो : कंडेल

बिधिको शासन कमजोर भयो : कंडेल

बागलुङ जेसीजको पदस्थापन


  • ढोरपाटन संबाददाता
  • माघ ५ २०७६, आइतबार
बागलुङ, ५ माघ – गण्डकी प्रदेशसभाका सदस्य मणीभद्र शर्मा कंडेलले नेपालमा विधिको शासन कमजोर भएको बताएका छन् । बागलुङ जेसीजको ४२ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै कंडेलले नीतिगत भ्रष्ट्राचार बढेको र नागरिक सर्बोच्चताको अधिकार कुष्ठित हुँदै गएको टिप्पणी गरे । ‘कि शासन व्यक्तिको होइन, बिधिको हुनुपर्छ’ भन्ने जेसीजको मन्त्रले देशको शासक र राजनीतिक नेतृत्वलाई छुन नसकेको बताए । जेसीजले बर्षेनी उठाउने यो मन्त्रलाई नीतिगत तहमा पु¥याउन युवाहरु अब सुशासनको नारा समेत लिएर अगाडि बढ्नुपर्ने धारणा राखे । नागरिकको सर्बोच्चता कायम राख्ने र नीतिलाई प्रधान मानेर काम गर्दा मात्र लोकतन्त्र संस्थागत बिकास हुने उनले बताए ।
लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनताले फेरी नागरिक सर्बोच्चताका लागि अर्को लडाइ लड्ने गरी आउन थालेका बिधेयकहरुले लोकतन्त्रकै धज्जी उडेको समेत उनले टिप्पणी गरेका थिए । जेसीजले एक बर्ष, एक व्यक्ति एक पद भन्ने नारा लगाएकोमा नेपाली राजनीतिमा त्यस्तो हुन नसकेको समेत बताए । जेसीजकै मन्त्र पालना गरेर आफ्नो एउटै कार्यकालमा काम गरेर देखाउने नेतृत्व आवस्यकता रहेको उनको भनाई छ । पछिल्लो समय कुलतमा फसेका युवालाई सही मार्गमा डोहो¥याउने अभिायनमा पनि प्रशासन, राजनीति र जेसीजको भूमिका चाहिएको उनले सुझाव पनि दिए ।
कार्यक्रममा नेपाल जेसीज बर्ष २०२० का कार्यकारी उपाध्यक्ष लालमणी भण्डारीले युवाहरु परिवर्तनका संवाहक भएको भन्दै जेसीजले कुशल नेतृत्व, क्षमता बिकास र सुशासनमा जोड दिएको बताए । उनले नेपालको सबैखाले नेतृत्वले जेसीज मन्त्रबाट पाठ सिक्नुपर्ने समेत उनले बताए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मञ्जु शाह ठकुरी, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, प्रगतीकुमार स्मृति कोषका संरक्षक कृष्णबहादुर श्रेष्ठ, सत्यदेवी स्मृति कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, जय राजभण्डारी लगायतले बोलेका थिए । संस्थापक अध्यक्ष श्याम श्रेष्ठले स्थापना गरेको पूर्णतारा अवार्डबाट पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
सो अबसरमा बर्ष २०१९ का अध्यक्ष एन्जिल शाक्यले बर्ष २०२०का अध्यक्ष सुरेन्द्र शाक्य सहितको पदाधिकारीलाई पदस्थापन गराएका थिए । पदस्थापन कार्यक्रमको पहिलो सत्र बर्ष २०१९ का अध्यक्ष एन्जिल शाक्यको अध्यक्षता, महासचिव सौरभ श्रेष्ठको संचालन र स्वागत पूर्व अध्यक्ष लालकुमारी बस्नेत अम्बिकाले गरेकी थिइन् । पदस्थापन पछिको अध्यक्षता निर्वाचित अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षता, महासचिव आनन्दप्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गत बर्षको कार्यकाल सफल पार्न सहयोग गर्नेलाई पुरस्कृत समेत गरिएको थियो । पूर्व अध्यक्षहरुलाई सम्मानित समेत गरिएको थियो । बर्ष २०२० का लागि कार्यकारी उपाध्यक्षमा रामचन्द्र गौतम र सौरभ श्रेष्ठ, उपाध्यक्षमा एन्जिला श्रेष्ठ, गणेश महतो, सौगात खड्का र सुरज शाक्य चयन भएका छन् । निर्देशकका लागि मनिष राजभण्डारी र बिन्दा कार्की चयन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->