बागलुङ,५ माघ – परुसोत्तम माध्यमिक विद्यालये बरेङ गाउँपालिका–२ हुग्दीशिरले निर्माण गरेको तीन कोठे पक्कि भवनको आईतवार उद्घाटन गरिएको छ । भूकम्प प्रभावित बिद्यालयमा राष्ट्रिय पुन निर्माण प्राधिकरणको आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो । भवनको उद्घान गर्दै प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने भन्दै स्थानीय स्रोत साधनको प्रयोगबाट बनेका संरचनाको उपयोगमा जो दिए । उनले सामुदायीक शिक्षाको सुधारका लागि नीतिगत तहमा सुधार भैसेको भएपनि बिद्यालय तहमा सुधार हुन नसकेको बताए । माध्यमिक तह सम्मको शिक्षाको जिम्मेबारी स्थानीय तहमा रहेको भन्दै उनले स्थानीय तहहरुलाई बिद्यालय र बिद्यार्थीको विकासका लागि कार्यक्रम बनाउन आग्रह गरे । बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिल कुमारी पुनले पालिकाले शिक्षाको बिकाशको लागी कुनै कन्ज्युसाईं नगरेको भन्दै प्रोत्साहन मुलक कार्यक्रम र बजेटको व्यवस्थापन गरेको बताईन् । कार्यक्रममा नेकपाका बरेङ गाँउ कमिटिका अध्यक्ष प्रदिप थापा, नेपाली काँगे्रसका बरेङ गाँउ कमिटिका अध्यक्ष होम बहादुर थापा, राष्ट्रिय पुनर निर्माण प्राधिकरण, आयोजना कार्यान्वयन ईकाई (शिक्षा) बागलुङका प्रमुख मतिलाल चाँपागाई लगायतले बोलेका थिए । बिधालय ब्याबस्थापन समितीका अध्यक्ष पदम जंग श्रीसको अध्यक्षता, बिधालय ब्याबस्थापन समितीका सदस्य झोम बहादुर श्रीसको स्वागत र शिक्षक ढाचानन्द बर्माको संन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





