आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रदेशसभामा सभासदहरुको गुनासै गुनासा

प्रदेशसभामा सभासदहरुको गुनासै गुनासा

वातावरण विधेयक टेबल


  • ढोरपाटन संबाददाता
  • माघ ५ २०७६, आइतबार

पोखरा,५ माघ – गण्डकी प्रदेशसभाको आइतबारको विशेष समयमा बोल्दै सभासदहरुले गुनासाको पोको पुन्तुरो फुकाए । विकास समितिका सभापति तथा प्रदेशसभा सदस्य दिपक कोइरालाले विकास निर्माणका ठुला योजनाका कारण नागरिक प्रभावित बन्ने गरेको भन्दै त्यस्ता योजना अघि सार्नुपुर्व गहन अध्यन गर्न आग्रह गरे । उनले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उदाहरण दिँदै त्यहाँ पटक–पटक अधिग्रहण गर्दा तथा कुलो मासिँदा ६ हजार रोपनी जमिन बांझो भएको जिकिर गरे । उनले त्यो जग्गामा सिंचाइ प्रबन्धको लागि सरकारको ध्यानाकर्षण गराए । ३० वर्ष देखिको जग्गा अधिग्रहणको चपेटा खेपेका नागरिकलाई पटक पटक जग्गा अधिग्रहण गरेर पीडित बनाउदा उनिहरु बिस्थापित हुने अबस्थामा रहेको भन्दै कोइरालाले समस्याको दीगो समाधानका लागि सरकारले ध्यान दिनुपर्ने माग गरे । संघीय सरकारको काम भए पनि प्रदेश सरकारले सहजीकरण गर्न उनले आग्रह गरे । निर्माण कार्य तीव्र गतिमा हुदा राम्रो सन्देश प्रवाह भएपनि स्थानीयको उठिबास लगाउने गरि काम नगर्न उनले माग गरे ।
प्रदेशसभा सदस्य मणिभद्र कंडेलले अघिल्ला सरकारको पालामा शान्ति मन्त्रालयबाट अनुदानमा निर्माण सुरु भएर अलपत्र अवस्थामा रहेका विद्यालय भवनको निर्माण सम्पन्न गर्नको लागि संघ सरकारलाई पहल गर्न आग्रह गरे । उनले प्रदेश सरकारले समेत ती भवन सम्पन्न गर्नको लागि संघ सरकारसँग समन्वय गरेर प्रदेश सरकारले जिम्मा लिन आग्रह गरे । सडक बिस्तारका क्रममा पटक पटक जनताको घरमा डोजर लगाउँदा उनिहरु पीडित भएको उनको भनाई थियो । उनले पहिला नै मापदण्ड कायम गरेर संरचना निर्माणमा रोक लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । प्रदेशका जनताका समस्या समाधान गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको उनको भनाई थियो । प्रदेससभा सदस्य हरिशरण  आचार्यले विकास निर्माणका काममा गुणस्तरहीन हुँदै गएको जिकिर गरे । रातारात कालोपत्रे गर्ने र भोलिपल्ट बाट नै पिच उप्कने अबस्था रहेको भन्दै विकासका काममा झारा नटार्न उनले सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लले कालीगण्डकी जलविद्युत आयोजणा ‘ए’ ले साबिकको जिल्ला बिकास समिति स्याङ्जालाई दिदै आएको रोयल्टी संघीय संरचनापछि रोकिएको भन्दै स्याङ्जाका स्थानीय तहलाइ उक्त रोयल्टी दिने व्यवस्था गर्न माग गरे । प्रदेशसभा सदस्य राजीव पहारीले अन्नपूर्ण क्षेत्रमा आधार शिविरमा बेपत्ता भएका नागरिकको खोजी कार्य यथाशीघ्र गर्न सरकारलाई आग्रह गरे । नेपाल भ्रमण वर्ष चलिरहेको अवस्थामा पर्यटक बेपत्ता हुनु दुःखद भएको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र ए क्यापले पर्यटकबाट राजस्व लिए पनि संरक्षित क्षेत्रमा प्रभावकारी काम नगरेको भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । पहारिले फेवाताल सीमाङ्कनको काम तत्काल सुरु गर्न उनको माग थियो ।
बैठकमा उठेका प्रश्नको उद्योग ,पर्यटन ,बन तथा वातावरण मन्त्री विकास लम्साल र भौतिक पुर्वाधारमन्त्री रामशरण बस्नेतले जबाफ दिएका थिए । आइतबा रनै वातावरण संरक्षण विधेयक मन्त्री लम्सालले टेबल गरेका छन् । उक्त विधेयकमा स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको हक समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->