बागलुङ, ६ माघ– न्यू एभरेष्ट एकेडेमी बागलुङले बिद्यार्थी र शिक्षकहरुका लागि १ दिने ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक नियमको जानकारी नभएका कारण हुने दुर्घटनाबाट जोगाउनका लागि बिद्यालयले ट्राफिक चेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सँगको सहकार्यमा कार्यक्रम गरिएको हो । १ सय २० जना बिद्यार्थी र शिक्षक समेत सहभागि कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले सहजीकरण गरेका थिए । कार्यक्रममा ट्राफिक नियम, ट्राफिक चिन्हहरु, सडक दुर्घटनाका कारण, सडकमा अपनाउनुपर्ने सावधानी, सवारी सम्बन्धि कानुनी व्यवस्था लगायतका बिषयमा जानकारी गराईएको थियो । कार्यक्रमले सुरक्षित यात्रा र सडकमा ओहोरदोहोर गर्दा हुने जोखिम कम गर्न सहयोग पुगेको बिद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले बताए । ‘सामान्य त्रुटिका कारण जोखिममा हुने हामीहरुलाई यो कार्यक्रम फलदायी बन्यो ।’ उनले भने ‘बिद्यार्थीलाई ट्राफिक चेतना दिनु हाम्रो दायित्व हो ।’ कार्यक्रममा सहभागी बिद्यार्थीहरुले ट्राफिक नियमको बिषयमा चासो राखेका थिए ।





