गलकोट,६ माघ – खेलकुद आजको आवश्यकता विकृति र विसंगति विरुद्ध युवाको एकता भन्ने नाराका साथ स्थापित इन्द्रेणी युवा क्लव गलकोट नगरपालिका ४ ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट क्षेत्रमा क्रियाशिल कलवहरुले समाज बिकास र रुपान्तरणमा योगदान दिनुपर्ने बताए । उनले गलकोट नगरपालिकाले समाजिक चेतनाको बिकास गदैं समृद्धिको मार्गमा स्थानियलाई सहभागी गराउन चाहेको बताउदैं बिकास निर्माणमा क्लवहरुले समेत हातेमालो गर्नुपर्ने बताए । वार्षिकोत्सवको अवसरमा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागी रुष्दी युवा क्लब सिमलबोट र संगम युवा क्लब ठुलाथरबिच भएको खेलमासंगम युवा क्लब ठुलाथर प्रथम, रुष्दी युवा क्लब सिमलबोट द्धितिय भएको आयोजकले जनाएको छ ।
माघ २ र ३ गते बर्षाका कारण कुनै पनि खेलहरु सञ्चालन हुन नसकेकोका कारण माघ ४ गतेबाट खेलकुदका र्कायक्रमलाई ब्यबस्थीत रुपमा सञ्चालन गरिरहेको क्लबले माघ ६ गते एक दिन समय थप गरि समापन समारोह सम्पन्न गरेको सचिव ध्रुव प्रसाद सुवेदिले जानकारी दिए । समापन समारोहको अबसरमा सोमवार साबिक हटिया गाबिस भित्रको मैत्रिपुर्ण भुपु भलिबल प्रतियोगिता सम्पन्न भएको कल्बका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नमबर ४ का वडा अध्यक्ष बल बहादुर खत्रीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रेसम निर्दोस, हरी सुनार, सिंगा तामाङ, रिमा बस्नेत लगायतका कलाकारहरुको साङ्गितिक प्रस्तुति रहेको क्लवले जनाएको छ ।
कार्यक्रम कलवका अध्यक्ष महेन्द्र खड्काको अध्यक्षता र सचिव ध्रुव प्रसाद सुवेदिको सञ्चालनमा सम्पन्न भएको थियो ।





