आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोटबाट बिदेशिएका युवा सामाजिक काममा लगानी गर्दै

गलकोटबाट बिदेशिएका युवा सामाजिक काममा लगानी गर्दै


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७६, मंगलबार

बागलुङ,७ माघ – गलकोट नगरपालिकास्थित हरिचौरको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले एम्बुलेन्स छ । उक्त एम्बुलेन्स बिदेशमा बस्ने स्थानीय युवाहरुको सहयोगमा खरिद गरिएको हो । एम्बुलेन्स भएकोले बिरामी पर्दा तत्काल उपचारका लागि बाहिर लैजानेदेखि दुर्घटना पर्दा प्राथमिक स्वास्थ्य केन्द्रसम्म लैजानु परेमा पनि सजिलो भएको छ । यहाँका धेरै युवा जापानमा छन् । उनीहरुले गठन गरेको संस्थामार्फत गाउँमा सहयोग भित्रिएको हो ।
जापानमा काम गर्न बसेका युवाले आफ्नो घर परिवारको साथ बाहेक सामाजिक क्षेत्रमा लगानी गर्न थालेको धेरै समय भयो । सशष्त्र द्वन्द्वपछि बन्द भएको गलकोट नगरपालिका ५ को शहिद थिरबम मल्ल पुस्तकालय अहिले निर्माणको क्रममा छ । चालु बर्षभित्रै काम सक्ने योजनासहित अगाडि बढेको वडा अध्यक्ष नारायणध्वज मल्लले बताए । जापानमा काम गर्न गएका युवाहरुले सहयोग संकलन गरेर पठाएपछि भवन भत्काएर पुननिर्माणको काम थालिएको हो । युवाहरुकै सहयोग पाएर चौकीको भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका अन्य काम पनि थालिएको छ ।
झण्डै ३० लाख रकम जुटेपछि यसअघि एम्बुलेन्स खरिद र व्यवस्थापनको काम थालिएको थियो । युवाहरुले संकलन गरेको रकमबाट चालु बर्ष ६५ लाख रुपैया“ फेरी पठाईदिएका छन् । उक्त रकमबाट यसअघि जीर्ण रहेको भवन भत्काएर नया“ बनाउन लागिएको छ । हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जोडिएको यो पुस्तकालय ऐतिहासिक हो । २००७ सालमा सहिद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गराईदिएको यो पुस्तकालयमा ऐतहिासिक पुस्तकहरु छन् । चालु आर्थिक बर्षभित्रै भवन बनाइसक्ने गरी काम थालिएको हो ।
यहा“ ईतिहास, भूगोल र विभिन्न जातजातीको संस्कृती बारेका किताब समेत छन् । तीन तले भवन बनाएर पहिलो तल्लामा आ“खा उपचार केन्द्र, दोश्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाउने योजनासहित काम थालिएको हो । ‘यो बजेटले मात्र नपुग्ला, तर अन्य युवा र स्थानीयको साथ र सहयोग पनि मिल्ने छ’ मल्लले भने, ‘यो पुस्तकालयलाई ईतिहास बुझ्न चाहनेको गन्तव्य बनाइनेछ ।’ गलकोटस्थित तत्कालिन मल्ल राजाको दरबार, त्यहा“को इतिहासबारे बुझ्नेलाई पुस्तकालयमा आवस्यक सामाग्री रहेको उनले बताए ।
साथै पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुरातात्विक महत्वका सामान समेत राखिनेछ । ८५ लाख रुपैया“को लागत स्टिमेट नगरपालिकाका इन्जिनियरबाट भएको हो । यो भवन जीर्ण भएकोले नियमित रुपमा संचालन हुने आ“खा उपचारको काम भाडाको घरमा गरिंदै आएको थियो । नेपाल नेत्रज्योती संघको सहयोगमा वडा कार्यालयले हरेक महिना यहा“ आ“खा उपचार शिविर संचालन गर्दै आएको छ । नियमित परीक्षणपछि अपरेशन गर्नुपर्ने भएमा बागलुङ र पोखरा पठाउने काम समेत भैरहेको छ । २०६७ सालदेखि नेत्रज्योती स“घले यहा“ नियमित शिविर संचालन गरिरहेको हो ।
यहा“को दरमखोलामा उत्पादन भएको जलविद्युत आयोजनामा पनि जापानमा बसेका युवाहरु कै लगानी परेको ताराखोला गाउ“पालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोला गाउ“पालिकाको वडा नं. ३ स्थित घुस्मेलीमा बनेको २ दशमलब २ मेगावाटको ‘दरमखोला ए जलबिद्युत आयोजनाको ५० प्रतिशत बढी रकम जापानमा काम गर्ने युवाकै लगानी परेको हो । यो बिद्युतले यहा“को गाउ“ झिलिमिली भएको छ ।
गलकोटका अधिकांस युवाहरु काम गर्न जापान गएकोले उनीहरुकै सहयोगमा गाउ“मा अन्य धेरै बिकास निर्माणको काम भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । वडा नं. ६ मा झण्डै ५ किमी सडक निर्माणमा नगरको बजेटमा जापानका युवाले साथ दिएपछि २० लाख रुपैया“मा सडक निर्माण गरिएको छ । उक्त सडक ताराखोला जानेका लागि छोटो बाटोको रुपमा संचालनमा आइसकेको छ । त्यस्तै जापानका युवाहरुले पठाएको रकमबाटै यहा“को प्राथमिक स्वासथ्य केन्द्रमा रहने गरी एम्बुलेन्स पनि संचालनमा आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->