आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्धेश्यीय भवन नबन्दै बिबाद

बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्धेश्यीय भवन नबन्दै बिबाद


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७६, मंगलबार

बागलुङ,७ माघ – बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहल कामसुरु नहुँदै बिबादमा तानिएको छ । गाउँपालिकाले पायक नपर्ने स्थानमा सभाहल निर्माणको प्रकृया थालेको भन्दै राजनितीक दल र केही जनप्रतिनिधिहरुले बिरोध गरेका छन् । गत जेठ ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बहुउद्देश्यीय सभाहल बनाउने बिषयमा निर्णय गरेको थियो । गण्डकी प्रदेश सरकारको भौतिक योजना मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा उक्त हल निर्माण गर्ने निर्णय भएको थियो ।
मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरी १ करोड १० लाखको लागतमा भवन निर्माण गर्ने तयारी छ । गाउँसभाले वडा नं १ बरेङमा सभाहल बनाउने निर्णय गरेको भन्दै नेकपा, राष्ट्रिय जनमोर्चा र नेपाली कांगे्रस तीन दलले बिरोध गरेका थिए । गाउँसभामा सहभागि भएका जनप्रतिनिधिहरुले समेत सभाहल बरेङमा बनाउने बिषयमा आँफुहरु सहमत नभएको र झुक्काएर हस्ताक्षर गराईएको भन्दै जेठ २५ गते गाउँपालिकामा असहमति पत्र बुझाएका थिए । वडा नं ४ का अध्यक्ष लिलबहादुर खत्री सहित १४ जना जनप्रतिनिधिले असहमपति पत्रमा हस्ताक्षर गरेका छन् ।
सभहल निर्माणका बिषयमा बिबाद भएपछि बिभिन्न चरणमा गाउँपालिका र मन्त्रालयमा समेत बिरोधपत्रहरु दर्ता भएका छन् । जेष्ठ ९ गते भएको निर्णयमा असहमति जनाउँदै जेठको २७ गते भौतिक पुर्वाधार मन्त्रालयमा तीन दलका प्रतिनिधिले हस्ताक्षर गरेको पत्र बुझाईएको थियो । नेकपा गाउँकमिटीका अध्यक्ष प्रतिप थापा मगर, कांग्रेसका होमबहादुर श्रीस र राजमोका हिराबहादुर थापाले हस्ताक्षर गरेको पत्र मन्त्रालयमा पठाईएको थियो । गाउँपालिकाको केन्द्र रहेको वडा नं २ सुदाला भन्दा केही पर निर्माण गर्न थालिएको प्रकृयामा उनीहरुले असहमति जनाएका हुन् । केन्द्र रहेकै सुदाला आसपासमा बहुउद्देश्यीय सभाहल निर्माण गर्नुपर्ने नेकपा बरेङ गाउँ कमिटिका अध्यक्ष प्रदिप थापा मगरले बताए । ‘केन्द्रभन्दा कयौं कोष टाढा पु¥याएर भवनकोलागि जग्गा लिईएको छ त्यो बरेङबासी सबैलाई अपायकको ठाउँ हो’ थापाले भने ‘अध्यक्षको स्वार्थमा गरिएको निर्णयले सर्वसाधारणले सास्ती पाउनुहुन्न ।’ उनले वडा नं २ को सुदालामानै भवन निर्माण गर्नुपर्ने बताए । सभाहल गाउँपालिका केन्द्र नजिकै निर्माण गर्नुपर्ने माग गर्दै नेकपाले पुन गाउँपालिकालाई पत्र बुझाएको छ । सबैलाई पायक पर्ने र गाउँपालिका केन्द्रभन्दा टाढा पुगेर सभाहल निर्माण नगर्न अनुरोध गर्दै पौष २७ गते गाउँपालिकालाई पत्र बुझाएको अध्यक्ष थापाले बताए । ‘नजिकैमा जग्गा चाहिए उपलव्ध गराउन हामिले पहल गर्छौं’ थापाले भने ‘बहानावाजीमा सभाहल टाढा पु¥याउन दिँदैनौं ।’
गाउँपालिकाले भने केन्द्र रहेकै वडामा सभाहल निर्माणको प्रकृया अघि बढेको बताएको छ । ‘हामीले केन्द्र रहेकै वडामा जग्गा प्राप्ती गरेर प्रकृया अघि बढाएका हौं’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने ‘वडा नं १ को बरेङ बजार र गाउँपालिका केन्द्रको बिचमा सभाहल बन्छ ।’ बाहिर चर्चा भएको र बिरोध भएको जस्तो वडानै अन्तर पारेर सभाहल निर्माण नहुने उनले बताए । ‘गाउँसभामा सर्वसम्मत निर्णय भएको बिषय हो, एक जना वडाअध्यक्षले मात्रै नोटअफ डिसेन्ट लेख्नुभएको छ’ उनले भने ‘हामि सबैको पायक पर्ने स्थानमानै सभाहल निर्माण गर्छौं ।’ प्रदेश सरकारको सहयोगमा निर्माण हुने सभाहलको बजेट फ्रिजहुन नदिनकै लागि जग्गा प्राप्ति भैसकेकै स्थानमा सभाहल निर्माणको काम थालिएको अध्यक्ष शर्माले बताए । गाउँपालिकाको केन्द्र रहेकै क्षेत्र आसपासमा सभाहल निर्माण गर्नुपर्ने नीतिगत व्यवस्था छ । राजनीतिक दलहरुको कार्यक्रम देखि सामाजिक संघसंस्थाले पनि यस अघि कार्यक्रम गर्दा बिद्यालयका कोठा माग्नु पथ्र्यो । बिद्यालयमा पढाई प्रभाविन नपार्ने अभिायनका लागि पनि गाउँपालिका आसपासमा बनाउनुपर्ने प्रावधान राखिएको प्रदेशसभाका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->