बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पशुबाँध्ने गोठमा  बस्न बाध्य सार्की दम्पति

पशुबाँध्ने गोठमा  बस्न बाध्य सार्की दम्पति


  • धु्रबसागर शर्मा
  • माघ ८ २०७६, बुधबार

म्याग्दी, ८ माघ
‘दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे ईश्वर दया राखी, मलाई अझ दुःख दे ।
‘मुकुन्द इन्दिरा’ मा साहित्यकार बालकृष्ण समले उल्लेख गरेको यो हरफले मुटु चसक्क छुन्छ । दुःखको परिमाण चुलिदै गएपछि खस्ने भनेको मानिसको मनभित्रको बेदना र पीडा नै त हो ।
पशु बाँध्ने गोठको बाहिर पट्टि परालको गुन्द्रीमा हलचल नगरीकन सुतिरहेकी छन् प्यारालाइसेसले थलिएकी पतिराम सार्कीकी श्रीमती पुतली सार्की । गोठको भित्र पट्ति आगो निभेको अगेनो छ । अगेनोमा रहेको ओदान माथि एउटा रित्तो भाँडो राखिएको छ । गोठमा खाने अन्न केही छैन । बाहिर श्रीमतीको छेउमा विरामी श्रीमतीलाई कुरेर बसिरहेका छन् ६५ वर्षिय पतिराम सार्की ।
देख्दै आँखा रसाउने यो दृश्य म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेत गाउँको हो । सार्की दम्पत्ति १ महिनादेखि यस्तै अवस्थामा रहेका छन् । श्रीमती पुतली सार्की थलिएपछि पतिरामले क्रृण खोजेर पोखराको मणिपाल अस्पतालमा लगे । त्यहाँ ४५ हजार खर्च भयो तर श्रीमतीको स्वास्थ्यमा केही सुधार नभएपछि गाउँमा ल्याए ।
‘डाक्टरले उपचार गर्न २ लाख रुपैयाँ लाग्ने बताएपछि पैसाको अभावमा नै श्रीमतीको उपचार गर्न सकेको छैन’ पतिराम सार्कीले भने ‘विरामीलाई खुवाउने अन्न समेत छैन,मागेर ल्याएको अन्नले दुई दिन पनि पुग्दैन ।’ सुकम्वासी सार्कीले रात कटाउनका लागि अर्कैको गोठ पाए पनि श्रीमतिको उपचारका लाग्ने रकम नपाउँदा मृत्यु कुरेर बस्नु परेको बाध्यता सुनाए । भएको एउटा छोराको पनि मृत्यु भएपछि ज्याला मजदुरी गरेर खर्च चलाइरहेको अवस्थामा अचानक श्रीमति विरामी भएपछि दिनभरी कुरेर बस्नु पर्दा ज्याला मजदुरी गर्न पनि नसकेको उनले बताए ।
सार्कीको उपचारका लागि आर्थिक सहयोगको अभियान संचालनसंगै आवश्यक लत्ता कपडाको लागि पहल भैरहेको स्थानीय समाजसेवी भीमबहादुर पौडेलले बताए । उपचार र खानपानका लागि सहयोग जुटाउने अभियानमा छौं’ पौडेलले भने । यसैबीच सार्कीको उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोग गर्ने जनाएको छ ।
बेदना र पीडामा छन पतिराम सार्कीका दम्पति । पतिराम भन्छन् ‘प्यारालाइसेसले थलिएकी पत्नीलाई पशु चौपायाँ बाँध्ने गोठमा भोकै सुताएर मृत्यु कुर्नु पर्दा मेरो मन बेस्सरी रोएको छ । आफ्नो गरिबीलाई धिक्कार्दै,देउता पुकार्नु बाहेक मसंग अर्को कुनै उपाय छैन । मनकारी व्यक्तिहरुको सहयोगको पर्खाइमा छु । ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->