आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोटमा हुने मुर्तिकार्यशालाको तयारी अन्तिम चरणमा

गलकोटमा हुने मुर्तिकार्यशालाको तयारी अन्तिम चरणमा


  • ढोरपाटन संबाददाता
  • माघ ८ २०७६, बुधबार

बागलुङ, ८ माघ – गलकोट नगरपालिका ५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको तयारी तीव्र पारिएको छ । गल्कोट कला प्रतिष्ठानले मुर्तिकला कार्यशालाको लागि आवश्यक रकम जुाउने देखि सामग्री खरिद सम्मको काम गरिसकेको हो । नेपालका पाँच र बिदेशी १० गरि १५ जना मुर्तिकार सहभागि हुने कार्यशालाका लागि १४ लाख रुपैयाँको सामग्री संस्थाले खरिद गरेको छ । मुर्तिकारकालागि आवश्यक कुँद्ने सामान देखि घामपानी ओत्ने प्लाष्टिक सम्म खरिद गरीसकेको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । १ करोड ४१ लाख भन्दा धेरै खर्च हुने कार्यशालाकोलागि हालसम्म ६३ लाख रुपैयाँ मात्रै सहयोग प्राप्त भएको छ । बाँकी रकम जुटाउने र आवश्यक सामग्री खरिद तथा व्यवस्थापनको काम तीब्र बनाईएको प्रतिष्ठानका अध्यक्ष रानाले बताए । गलकोट सेवा समाज बागलुङ र गलकोट कला प्रतिष्ठानले मंगलवार संयुक्त पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कार्यशालाको बिषयमा जानकारी गराएका थिए । कार्यशाला सञ्चालनकालागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले झण्डै २४ रोपनी जमिन निशुल्क उपलव्ध गराएका थिए । कार्यशालास्थलमा सडक बनाइसकिएको छ । भवन, शौचालयलगायतका संरचना बनिसकेका छन् । खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम पनि सकिएको प्रतिष्ठानले जनाएको छ । झण्डै १२ करोड रुपैयाँ खर्च हुने बिस्तृत परियोजना प्रतिवेदन तयार पारेको प्रतिष्ठानले अन्तराष्ट्रिय स्तरको सभाहल निर्माण देखि पुरातात्विक बस्तुको उत्खनन र खानीको पुर्नउत्खनन् लगायतका योजना बनाएको छ ।
आर्थिक वर्ष ०७३/०७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । कार्यशालाकालागि दुई करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । यस अघिनै संरचना निर्माणकोलागि झण्डै एक करोड रुपैयाँ खर्च भैसकेको छ । कार्यशालाकालागि गत आवमा संघीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चालु बर्ष गण्डकी प्रदेश सरकारले ३० लाख, प्रतिनिधिसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दश लाख र प्रदेशसभा कार्यक्रमबाट पाँच लाख सहयोग प्राप्त भएको छ । स्थानीयले १८ लाख रुपैयाँ सहयोग गरेका छन् । ‘अहिले सम्म प्राप्त रकमले हामीलाई पुग्दैन’ अध्यक्ष रानाले भने ‘बिदेशबाट आउने मुर्तिकारको यातायात र खानेबस्ने व्यवस्थापन संस्थाले गर्नेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->