शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री कप : पहिलो चरणमा नवलपुर, लमजुङ र तनहुँ विजयी

मुख्यमन्त्री कप : पहिलो चरणमा नवलपुर, लमजुङ र तनहुँ विजयी


  • विजय नेपाली
  • माघ ९ २०७६, बिहिबार

पोखरा,९ माघ – लेखनाथको भण्डारढिकमा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा नवलपुर,लमजुङ र तनहुँले जित हात पारेको छ ।
बुधवार सम्पन्न खेलहरुमा नवलपुरको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको गंैडाकोट खेलकुद समितिले स्याङ्जाको प्रतिनिधित्व गरेको होराइजन क्लबलाई ३–१ गोलले पाखा लगाएको छ । निकै नै उत्कृष्ट खेल खेलेको नवलपुरको अगाडी स्याङ्जा निरीह रह्यो । नवलपुरको लागि खेल सुरु भएको ११ औँ मिमेटमा खुशलप्रताप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । नवलपुरले स्याङ्जामाथि ५ मिनेटको अन्तरमा ३ गोल गरेको हो । पहिलो गोल गरेको १ मिनेट बित्न नपाउँदै नवलपुरको लागी सुरेन्द्र गुरुङले थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । सुरेन्द्रले खेलको १३ औँ मिनेटमा गोल गरे भने एक मिनेट बित्न नपाउँदै सुरेन्द्रले व्यक्तिगत दोस्रो गोल गरे । उनले अर्को गोल १५ औँ मिनेटमा गरे ।
पहिलो हाफमा ३ गोलले पछि परेको स्याङ्जाको लागि खेलको ४१ औँ मिनेटमा सफल थापाले गोल गर्दै अग्रता घटाए पनि जितको त्यो पर्याप्त भएन । बुधबार नै सम्पन्न अर्को खेलमा लम्जुङको प्रतिनिधित्व गरेको टि .वाइ. सि. क्लबले मनाङको प्रतिनिधित्व गर्दै आएको डाँफे युथ क्लबलाई २–१ गोल अन्तरले हराएको छ ।
लमजुङले खेल सुरु भएको ५ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लमजुङको लागि आशिक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । निकै आक्रमक खेल खेलेको लमजुङको लागि खेलको ३३ औँ मिनेटमा उज्जव शाहीले एक गोल गर्दै अग्रता दोब्बर बनाए । २ गोलले पछि परेको मनाङले पहिलो हाफमा थप गरिएको २ मिनेटको समयमा गोल गर्दै २–१ बनाए पनि खेलमा फर्किन भने सकेन ।
निकै आक्रमक शैलीमा खेलेको लमजुङ फिनिसिङमा कमजोर देखियो । खेल अवधिभर मनाङलाइ निकै दबाबमा राखेको लमजुङले पाएको अवसरहरुको सदुपयोग गर्न नसक्दा थप गोल भने खेर फालेको थियो । डिफेन्स लाइनमा केहि राम्रो प्रदर्शन गरेको मनाङको भने स्ट्राइक लाइन निकै कम्जोर देखियो । मनाङको स्ट्राइक लाइनमा कम्जोर देखिँदा सेन्टर लाइन कटाउन समेत मनाङलाइ हम्मे हम्मे परेको थियो । पहिलो हाफमा निकै कमजोर देखिएको मनाङले दोस्रो हाफमा भने केहि सुधारिएको खेल खेलेको थियो । स्ट्राइक लाइन कमजोर देखिएको मनाङले खेलमा सुधार गर्दै डिफेन्स लाइनमा कडा गर्दै सम्मानजनक हार व्यहोरेको हो । बुधबार नै सम्पन्न अर्को खेलमा तनहुँ फुटबल संघले बागलुङ फुटबल संघलाई १–० को झिनो गोल अन्तरले हराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->