बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिमपातले एक हप्तादेखि अबरुद्ध बाटो खुल्यो

हिमपातले एक हप्तादेखि अबरुद्ध बाटो खुल्यो


  • धु्रबसागर शर्मा
  • माघ ९ २०७६, बिहिबार

म्याग्दी, ९ माघ – म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाख्लो हिमपातका कारण माघ १ गतेदेखि अबरुद्ध भएको लुलाङ–गुर्जा घोडेटोबाटो बुधबार (आज) देखि सुचारु भएको छ ।
एक सातासम्म बाटो अवरुद्ध हुँदा गाउँबाट बाहिर जान नपाएका र बाहिरबाट गाउँ भित्रन नसकेका स्थानीयले हिउँ पग्लेर हिड्न मिल्ने भएपछि आजबाट राहत पाएका छन् । हिमपातका कारण नाकाबन्दीमा परेका स्थानीय आ–आफ्नो गन्तव्यतर्फ लागेका धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए ।
समुन्द्री सतह देखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जा पुग्ने जंगलमा करिव चारफिट हिउँले आवतजावत गर्ने पदैलमार्ग नै पुरिदिएपछि स्थानीय गाउँमा आउन र बाहिर जान पाएका थिएनन् ।
गूर्जा हुदै देउराली, लुलाङसम्म आइपुग्न स्थानीयले जंगलमा बैकल्पिक मार्गको प्रयोग गरेर आउजाउ गरेका भएपनि बृद्धबृद्धा, बालबालिका तथा बटुवाहरुलाई भने निकै सास्ती भएको जनकल्याण मावि गूर्जाका ब्यवस्थापन समितिका अध्यक्ष गुनाराम छन्त्यालले जानकारी दिए ।
‘हिउँ चट्टानजस्तै जमेको थियो, हिउँ नपग्लिदाँ आवतजावतमा समस्या भएको थियो,’ छन्त्यालले भने ‘सोमबारदेखि घाम लागेर मौसम सफा भएपछि बल्ल आज( बुधवार) देखि बाटोबाट सहजै हिड्डुल गर्न सकिेन भएको छ ।’
गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउरालीमा करिव चार फिट बाख्लो हिउँ जमेको थियो ।
देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो । चट्टानजस्तै हिउँका कारण पदमार्ग पुरिएको थियो भने गूर्जाबाट गाउँपालिकाको केन्द्र हुदै सदरमुकाम बेनी आउने अलपत्र परेका स्थानीय आज सजिलैसंग आएका वडाअध्यक्ष छन्त्यालले बताए । ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै भएको स्थानीयको भनाइ छ । गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन्।
गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीनमहिनालाई पुग्ने खाद्यान्न अगाडी नै ढुवानी गरिसकेका थिए । हिमपातले मसिरदेखि माघ महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->