शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्य मन्त्रीकप : कास्कीको गोलको वर्षा

मुख्य मन्त्रीकप : कास्कीको गोलको वर्षा


  • विजय नेपाली
  • माघ १० २०७६, शुक्रबार

पोखरा,१० माघ – पोखराको भण्डारढिकमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप लिग फुटबल प्रतियोगितामा मनाङ विरुद्धको खेलमा कास्कीले गोलको वर्षा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीकोे संयोजनमा भएको प्रतियोगिता अन्तर्गत कास्कीले आफ्नो दोस्रो खेलमा समेत जित हात पारेको हो । कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लबले मनाङको प्रतिनिधित्व गर्दै सहभागी जनाएको डाफे क्लबलाइ ७–१ को फराकिलो गोल अन्तरले हराउदै लिगमा दोस्रो जित निकालेको हो । कास्कीका सुलेमान थापामगर चम्कीदाँ सहज जित हात पारेको हो । कास्कीको जितमा सुलेमान थापामगरले चार गोल गरे । खेल शुरुभएको ८ आँै मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले खेलको ४८ औँ मिनेटमा दोस्रो गोल गरे त्यस्तै ६३ औँ मिनेटमा व्यक्तीगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेका थापामगरले ७४ औँ मिनेटमा व्यक्तीगत चौथो गोल गरे । कास्कीको लागी अजय श्रेष्ठले खेलको १७ र ४१ आँै मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ६८ औँ मिनेटमा गोल गरे ।
मनाङको लागी कर्ण गुरुङले ५५ औँ मिनेटमा गोल गरे भने सिदार्थ गुरुङले खेलको ६० आँै मिनेटमा गोल गरे ।
कास्कीको दुइ उत्कृष्ट प्रहार सेकेन्ड बारमा लाग्दै रिवाउन्ड हुन पुगेको हो ।
निकै उत्कृष्ट प्रदर्शन गरेको कास्कीको आक्रमक रणनीति सामु मनाङ निरिह रह्यो । एक पछि अर्को अवसर निकालेको कास्कीले पहिलो हाफमै तिन गोलको अग्रता बनाएको हो ।
मनाङको अघि कास्की निकै बलियो टिम देखियो । पहिलो हाफमा निकै दबाबमा राखेको कास्कीको गोल भने खेर गर्यो । दोस्रो हाफमा केहि सुधारिएको खेल खेल्दै मनाङले दुई गोल गरे पनि अग्रता घटाउन भने सकेन । कास्कीले यस अघि गोर्खाको प्रतिनिधित्व गरेको बौद्ध हिमालय क्लबलाई पनि ३–१ को गाले अन्तरले पाखा लगाएको थियो भने मनाङको यो दोस्रो हार हो । मनाङ यस अघि लम्जुङ संग २–१ गोलले हार व्यहोरेको हो ।
प्रतियोगिताको अर्को खेलमा म्याग्दीले नवलपुरको गैंडाकोट फुटबल संघलाइ ३–१ गोलले हराएको छ । म्याग्दीको जितमा सन्तोष पुनले खेलको ४४ औँ मिनेटमा गोल गरे । सागर गर्वुजाले खेलको ६७ आँै मिनेटमा गोल गरे भने विनम थापाले खेलको ७२ औँ मिनेटमा गोल गरे । नवलपुरको लागी महेश तामाङले गोल गरे ।
अर्को खेलमा स्याङ्जाको होराइजन फुटबल क्लबले बाग्लुङ्ग फुटबल संघलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगायो । स्याङ्जाको लागि सरद कुमार क्षेत्रीले ह्याट्रिक गरे । क्षेत्रीले खेलको २० आँै मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले दोस्रो गोल खेलको २२ र अर्को गोल ३९ औँ मिनेटमा गरे । भने धु्रव घिमिरेले खेलको ७९ आँै मिनेटमा गोल गरे । लिग अन्तरर्गत शुक्रबार तिन खेल हुने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->