बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बसको ठक्करले मोटरसाईकलमा सवार दुई जना घाईते

बसको ठक्करले मोटरसाईकलमा सवार दुई जना घाईते


  • ढोरपाटन संबाददाता
  • माघ १० २०७६, शुक्रबार

बेनी, १० माघ–  पर्वतको जलजला गाउँपालिका–८ फनफनेमा यात्रुबहाक बसले मोरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । मालढुंगाबाट बेनी बजार जाँदै गरेको ध१प ९६५० नम्बरको मोटरसाईकललाई बेनीबाट कुश्माका लागि छुटेको ग१ख ५२३६ नम्बरको बसले शुक्रबार दिउँसो ठक्कर दिँदा दुई जना घाई भएका हुन् । दुर्घटनामा मोटर साईकलमा सवार पर्वतको जलजला गाउँपालिका–३ बस्ने २६ बर्षिया बिसाल कार्की र म्याग्दीको बेनी नगरपालिका–७ बस्ने बर्ष २५ का सिधार्थ शाक्य घाईते भएको प्ररीले जनाएको छ । कार्कीकोे जिल्ला अस्पताल बेनीमा सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको छभने शाक्यको जिल्ला अस्पतालमानै उपचार भैरहेको बेनीबाट सहकर्मी साजन नेपालीले जानकारी दिए । कार्कीको टाउकोमा गम्भिर चोट लागेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घनाको बिषयमा अनुसन्धान भैरहेको पर्वत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->