आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुललाई

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुललाई


  • Dhorpatan News
  • माघ १० २०७६, शुक्रबार

पोखरा, १० माघ – पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो । उपाधी संगै नगद ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा कुमुदिनी होम्सले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । कास्की मोर्डनाइज्ड एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने राइजिङ स्टारले शान्तवना स्थान सहित नगद ७ हजार ट्रफी र प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा विजेताहरुलाई क्लवका अध्यक्ष लालकाजी गुरुङ तथा क्लवका पदाधिकारीहरु, प्रथम पुरस्कारका प्रायोजक आंधीखोला दोहोरी सांझ एण्ड पार्टी प्यालेस पोखरा १० रक्षामार्गका सञ्चालक अरुण गुरुङ, दोश्रो पुरस्कारका प्रायोजक पोखरा कान्तिपुर पार्टी प्यालेस बुद्धचोक पोखराका सञ्चालक लिला जिसी, तृतीय स्थानको पुरस्कार प्रायोजक अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका अध्यक्ष यदुनाथ अधिकारी, शान्तवना पुरस्कारका प्रायोजक सुमित्रा राइस मिल चापापानीका सञ्चालक रमेश बहादुर कार्की, प्रोग्राम कोअर्डिनेटर रविन गुरुङ र कार्यक्रम सञ्चालक राज गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

अमरसिंह चौरमा जारी दशौ संकरणको पोखरा महोत्सव ११ दिन सम्म आइपुग्दा दर्शकको बाक्लो उपस्थिती रहेको छभने महोत्सवमा राखिएका ब्यापारिक स्टलहरुमा किनमेल गर्नेको समेत भीड लागेको छ । महोत्सवमा शुक्रबार लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने पशुपति शर्मा संगै प्रजापति पराजुली, सरला पाण्डे, राजन कार्की, राजेन्द्र सापकोटा, तुलसा क्षेत्री, निशा पौडेल, रमेश निर्दोश, चन्द्रा क्षेत्री, टेक क्षेत्री, प्रेम बस्याल, सुरेस भुर्तेल लगायतको लोकदोहोरी प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिए । साझको पप कन्सर्टमा भीटेनका प्रस्तुती संगै स्थानिय स्पर्श ब्याण्डको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवको १२ औ दिन लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरिता सारु मगर, टस गुरुङ, बिकास नेपाली, टेक क्षेत्री, सुरेस राना मगर लगायतको प्रस्तुती रहनेछभने आधुनिक गायक सन्तोष बस्यालको समेत प्रस्तुती रहनेछभने सांझको पप कन्टसर्टमा अन्तराष्ट्रिय ब्याण्ड मन्त्र र स्थानिय ड्रिमर्स÷ब्ल्याक रोजको प्रस्तुती रहने छभने संस्कृती तर्फ माटेपानी मगर समाजको मगर संस्कृतीमा आधारित कौराहा नृत्यको प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->