आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पाउँदुर धारापानीमा महायज्ञ सुरु

पाउँदुर धारापानीमा महायज्ञ सुरु


  • Dhorpatan News
  • माघ १० २०७६, शुक्रबार

पोखरा, १० माघ – अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि शुक्रवारदेखि शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ सुरु भएको छ ।यज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले तनाव मुक्त गर्ने आस्थाको केन्द्रका रुपमा मन्दिरलाई चिनाउँदै सेवा नै धर्म भएको औँल्याए ।राम्रो कामको सुरुवात भएको रैछ भन्दै मन्त्री लम्सालले यज्ञको संकल्पलाई स्थानीय जनता, स्थानीय तथा प्रदेश सरकार मिली पुरा गरिने विश्वास दिलाए ।उक्त कार्यक्रममा महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर प. कमलनयन गौतम, तत्कालिन जिल्ला विकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, गाउँपालिका अध्यक्ष युवराज कुँवर,राप्रपाका केन्द्रीय सदस्य समेत रहेका मूल आयोजक समितिका सहअध्यक्ष कुलबहादुर गुरुङ कुलु, सहअध्यक्ष समेत रहेका वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेल लगायतले धारणा राखेका थिए ।उनीहरुले शिवालयलाई पञ्चासेको प्रवेशद्वारका रुपमा चिनाउनुपर्ने,सवै पाउँदुरवासीले यज्ञको रसास्वादन गर्नुपर्ने, धर्ममा सदाचार रहने, मन फुकाएर दान गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।यज्ञ उद्घाटन हुनुपुर्व स्थानीय काँडेबजारबाट कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा पाउँदुरकोट, पाउँदुरघुम्ती, पत्थर, लक्ष्मीदेउराली, क्याम्पस गेट, रयाले हुँदै यज्ञ स्थल प्रवेश गरेको थियो ।कलश यात्रामा हजारौं पाउँदुरवासी सहभागि थिए ।यहि माघ १८ गतेसम्म चल्ने उक्त यज्ञ अन्र्तगत शिवमहापुराणको कथा प्रवचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चण्डिपाठ लगायतका कार्यक्रम हुनेछन् ।

यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुननिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ।मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहअध्यक्ष चन्द्रबहादुर गुरुङले स्वागत तथा मूल आयोजक समितिका महासचिव हरिप्रसाद शर्माले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->