आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटकीय बलेवा भैरबस्थान मन्दिरमा जाने बस सञ्चालनमा

पर्यटकीय बलेवा भैरबस्थान मन्दिरमा जाने बस सञ्चालनमा


  • ढोरपाटन संबाददाता
  • माघ ११ २०७६, शनिबार
e}/j:yfg dlGb/ afun'ª, $ k'; . afun'ª gu/kflnsf–!@ l:yt k|l;4 e}/j:yfg dlGb/ . sfne}/jsf] bz{gn] dgf]sfdgf k"/f x'g] hgljZjf; 5 . t:jL/ M /fdaxfb'/ yfkf, /f;;

बागलुङ, ११ माघ – सदरमुकामदेखि प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बलेवाको काल भैरव मन्दिरमा जाने सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । नेपाल भ्रमणबर्ष सन् २०२० लाई लक्षित गर्दै स्थानीय व्यवसायीले सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएका हुन् । यस अघि निजी तथा केही साना सवारी साधनले मात्रै भैरवस्थान जाने यात्रु बोक्दै आएका थिए ।
छोटो दुरीको कच्ची सडकमा समेत महंगो भाडा तिरेर पुग्नुपर्ने बाध्यता अन्त्यकोलागि बस सेवा सञ्चालनमा ल्याएको व्यवसायी भीम पाठकले जानकारी दिए । धौलागिरी बस व्यवसायी कंपनीका बस उक्त रुटमा चलाउन थालिएको हो । साना सवारी समयमा नचल्ने र भाडादर समेत महंगो हुँदा त्यहाँ पुग्ने धार्मिक पर्यटकहरु मर्कामा परेका थिए । ‘भैरवस्थान पुग्ने पर्यटकको सहजताकालागि बस चलाउन सुरु गरिएको हो ।’ पाठकले भने ‘बलेवाका सर्वसाधारण र घुम्न आउने पर्यटक सबैका लागि सेवा दिने हो ।’ शनिवार र मंगलवार मात्रै पुजाआजा हुने मन्दिरमा जाने भक्तजनहरुको सुबिधालाई मध्यनजर गर्दै दुई बार बिहान ८ बजे बागलुङ बजारदेखि भैरवस्थान र अरु दिन बिहान ८ बजे भैरवस्थान देखि बागलुङ बजारका लागि छुट्नेगरी बस सेवा सञ्चालनमा आएको पाठकले बताए ।
‘भक्तजन र पर्यटक मात्रै होईन बलेवाबाट सदरमुकाममा कामको शिलशिलामा आउनेहरुको सहजताका लागि पनि सार्वजनिक बस आवश्यक थियो ’ पाठक भन्छन ‘व्यवसाय र सेवा सँगै हुने देखेको छु ।’ झण्डै २० किलोमिटर दुरी रहेको उक्त कच्ची सडककालागि १ सय ५० रुपैयाँ भाडा लिने पाठकले बताए । बागलुङ बजारदेखि भैरवस्थान चल्ने पिकअप भ्यानहरुले प्रतिव्यक्ति ४ सय रुपैयाँ भाडा लिँदै आएका थिए । बागलुङ बजारको ट्राफिक चोकबाट बस छुट्ने र भैरवस्थान मन्दिरबाटनै बागलुङका लागि बस छुट्ने तालिका रहेको उनले बताए । कच्ची सडक भएकोले महंगो भएपनि पक्की भएलगत्तै उक्त भाडा समेत घट्ने धौलागिरी यायायात प्रालिका कार्यालय प्रमुख रामप्रसाद अधिकारीले बताए । ‘यो कच्ची सडकको भाडा हो, पक्की सडक संचालनमा आएपछि फेरी घट्छ’ अधिकारीले भने, ‘हामीले कुश्मीसेरा लगायतका अन्य ग्रामीण बस्तीमा पनि बस चलाउने तयारी गरेका छौं ।’ कुश्मीसेरा तर्पmको भाडा समायोजनका लागि स्थानीयले पनि पहल थालेका छन् । च्याम्बरअफ कमर्स जैमिनीका अध्यक्ष बिष्णु आचार्य नेतृत्वले ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->