शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुख्यमन्त्री कप : कास्कीको विजयी यात्रा कायमै

मुख्यमन्त्री कप : कास्कीको विजयी यात्रा कायमै


  • विजय नेपाली
  • माघ १२ २०७६, आइतबार

पोखरा,१२ माघ – गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा कास्कीले आफ्नो विजयी यात्रालाई कायमै राखेको छ । जित संगै कास्की समुहको शिर्ष स्थानमा रहेको छ । शिर्ष स्थानमा रहँदै कास्कीले सेमिफाइनलको यात्रा तय गरेको हो ।पोखराको भण्डारढिक स्थित आदर्श युुवा क्लबको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गतको आफ्नो तेस्रो खेलमा समेत कास्कीले जित निकालेको छ ।लिग अन्तरगत शनिवार भएको आफ्नो तेस्रो खेलमा कास्कीको प्रतिनिधित्व गरेको घरेलुटोली आदर्श युवा क्लबले लम्जुङको प्रतिनिधित्व गरेको टि.वाइ.सि. क्लबलाई १–० को झिनो गोल अन्तरले हराउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । खेलको २१ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै कास्कीलाई जित दिलाए ।शनिबार नै भएको अर्को खेलमा स्याङ्जाले म्याग्दीलाई १–० गोलको जित हात पारेको छ । स्याङ्जको तर्फबाट खेलको १८ औं मिनेटमा विशाल मल्लले गोल गरेका हुन ।शनिबार भएको तेस्रो खेलमा तनुहँको तर्फबाट सहभागी भएको भीमाद युथ क्लबले नवलपुरको प्रतिनिधित्व गरेको गौडाकोट खेलकुद विकास समितिलाई २–१ गोल अन्तरले पाखा लगायो ।खेलमा तनहुँको तर्फबाट बिमल घिमिरेले ५१ औं मिनेटमा गरेका थिए । पुन तनहुँको तर्फबाट खेलाको ६७ औं मिनेटमा सबिन थापाले १ गोल जोडेका हुन ।प्रतियोगिता अन्तरगत आइतबार पनि ३ खेल हुने आयोजकले जानकारी दिइएको छ ।आइतबार पहिलो खेल बाग्लुङ् र म्याग्दी बिच हुने छ । दोस्रो खेल गोर्खा र मनाङ बिच दोस्रो खेल हुने छ । आइतबारको अन्तिम खेल स्याङ्जा र तनहुँ बिच हुनेछ । प्रतियोगितामा ९ टिमका खेलाडीहरु सहभागी भएका छन् ।नवलपुरको तर्फबाट ४ औँ मिनेटमा नवलपुरका आषिस महोत्तोले गोल गरेका थिए । नवलपुरले ४ औँ मिनेटको गोल पछी अन्य गोल थप्न सकेन । प्रतियोगितमा १२ गतेसम्म लिग चरणको खेल हुनेछ । प्रतियोगिता १४ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->