आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नहरमा खसेर १८ जनाको मृत्यु ,नहर मान्छेमार्ने धराप भयो : सभापति कोइराला

नहरमा खसेर १८ जनाको मृत्यु ,नहर मान्छेमार्ने धराप भयो : सभापति कोइराला


  • Dhorpatan News
  • माघ १२ २०७६, आइतबार

पोखरा,१२ माघ – गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा र लेखनाथ क्षेत्रमा रहेको नहर मान्छेमार्ने धराप जस्तो भएको बताएका छन ।
प्रदेश सभा पाँचौ अधिवेशनको छैटौ बैठकको विशेष समयमा बोल्दै सभापति कोइरालाले २०७४ असोज देखि २०७६ पौष सम्म नहरमा परेर १८ जनाको मृत्यु भएको जानकारी गराए । २ बर्षको बच्चादेखि ८० बर्ष सम्म ज्येष्ठ नागरिक नहरमा परेर ज्यान गुमाउनु परेको भन्दै कोइरालाले नहरलाई ब्यबस्थापन गर्न आग्रह गरे । अधिकास ठाउँमा नहर खुल्ला भएकोले नहर मान्छेमार्ने धराप भएको कोइरालाले बताए ।

कोइरालाले पोखरा २७ खरानेमा रहेको नहरमा परेर २ बर्षका बालक प्रेम शर्मा,पोखरा १४मझेरीपाटनको नहरमा परेर २ बर्षिय सुहानी परियार, पोखरा २६ सेती नहमा परेर घैटोखोरका ४ बर्षिय बालक अन्जित गुरुङ, पोखरा ५ प्रस्याङमा ४ बर्षिय सृजना सुवेदीको मालेपाटनमा रहेको नहरमा खसेर मत्यु भएको बताए ।कोइरालाले १० महिना अगाडी पोखरा १२ सेती नहरमा परेर संगित कर्मी श्रीमान थुलुङराईलाई गुमाउनु परेको स्मरण गरे ।

कोइरालाले मोटर साइकलमा हिड्दै गर्दा विजुली तार चुडिएर शिक्षक विष्णु बस्ताकोटीले ज्यान गुमाउनु परेको भन्दै विकास ब्यबस्थित र जोखिम कम हुनेगरि गराउनु पर्ने बताए । मानबले निर्माण गरेका विकासको कमजोरीको कारण अकालमा ज्यान जानु दुखद भएको भन्दै विकास गर्दा मानवीय सुरक्षा मुख्य प्राथामिकतामा राख्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->