पोखरा, १३ माघ – लेखनाथको भण्डारढिक स्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री लिग फुटबल प्रतियोगितामा समुह ए बाट कास्की र समुह बि बाट स्याङ्जा समुह विजेता बनेका छन ।
समुह ए मा कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लब समुह विजेता बन्दा लम्जुङको प्रतिनिधत्व गरेको त्रिवेणी युवा क्लब उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन । उता समुह बि बाट भने स्याङ्जाको प्रतिनिधित्व गरेको होराइजन क्लब समुह विजेता बन्दा तनहुँको प्रतिनिधित्व गरेको भिमाद युथ क्लब उपविजेता हुदैँ अन्तिम चारमा प्रवेश गरेको हो । समुह ए को विजेता कास्कीले समुह बि को उपविजेता तनहुँ तथा समुह बि को विजेता स्याङ्जाले समुह ए को उपविजेता बाट लम्जुङ्ग संग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन ।
समुहमा ए मा रहेको कास्कीले ३ खेल खेल्दा ३ खेलमा नै जित हात पार्दै ९ अंकका साथ शिर्षस्थानमा रहदै अन्तिम चारमा प्रवेश गरेको हो । समान ३ खेल खेलेको लम्जुङ दुइ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ६ अंकका साथ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । त्यस्तै समान ३ खेल खेलेका गोर्खा र मनाङ भने लिग चरण बाटै बाहिरीएका छन । गोल डिफेन्सको आधारमा गोर्खा तेस्रो स्थानमा रह्यो । गोर्खाको प्लस ४ गोल रहेको छ भने गोलको आधारमा मनाङ पुछारमा रहदैँ लिग चरणबाट बाहिरियो । ३ खेल खेलेको गोर्खा २ खेलमा हार र १ खेलमा बराबरी गर्दै १ अंक बटुल्न सफल भयो भने समान खेल खेलेको मनाङ पनि २ मा हार र १ खेल बराबरी रहँदै १ अंकका साथ समुहको पुछारमा रहँदै समुह लिग चरणबाट बाहिरीएको हो ।
उता समुह बि मा रहेको स्याङ्जा गोलको आधारमा समुह विजेता बन्न सफल रह्यो । चार खेल खेलेको स्याङ्जा ३ खेलमा जित र १ खेलमा हार व्यहोर्दै ९ अंक रहदाँ समान खेल खेलेको तनहँुले पनि ३ खेल्मा जित र १ खेलमा हार व्यहोर्दै ९ अंकका साथ गोलको आधारमा समुह उपविजेता बनेको हो । स्याङ्जाको प्लस ४ गोल रहेको छ भने तनुहुँको प्लस २ गोल रहेको छ ।
चार खेलेको म्याग्दी २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ६ अंकका साथ समुह तालिकाको तेस्रो स्थानमा रह्यो । समान खेल खेलेको नवलपुरले २ खेलमा जित र २ खेलमा हार व्यहोर्दै ६ अंक बटुलेपनी लिग चरणबाट बाहिरिएको छ । ६ अंक बटुल्दै तालिकाको चौथौ स्थानमा रहँदै बाहिरिएको हो । ४ खेल नै खेलेको बाग्लुङ भने ४ खेलमा नै अंक विहिन रहदैँ समुहको पुछारमा रहदैँ बाहिरिएको छ । बाग्लुङ लिगमा सबै खेल हार्ने एक मात्र टिम हो ।
आइतबार भएको समुह वि अन्तरगतको खेलमा म्याग्दीले बागलुङमाथी ४–० गोलको फराकिलो जित हात पारेको छ । लिग अन्तर्गतको आफ्नो अन्तिम खेलम म्याग्दीले जित हात पारेको हो भने बाग्लुङले हार व्यहोरेको हो ।
म्याग्दीको लागी निशान गुरुङले दुइ गोल गरे । खेलको २१ औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका निशानले खेलको ३० औ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले अग्रता लिएको म्याग्दीले दोस्रो हाफको शुरूवातमै थप १ गोल गर्दै टिमको जित निश्चित गरेका थिए । म्याग्दीको लागी विश्वास थापाले खेलको ५८ थप १ गोल गर्दै टिमको अग्रता फराकिलो बनाए । म्याग्दीको अगाडी बाग्लुङ निरिह देखियो । बाग्लुङ आफ्नो एक खेल अगावै बाहिरीएको थियो । यद्यपि आफ्नो प्रतिष्ठाको अन्तिम खेलमा समेत ४ –० गोलले हार व्यहोर्दै घर फर्किएको छ ।
त्यस्तै समुह ए अन्तरगतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मनाङ र गोर्खा १–१ गोलको बराबरीमा रोकिएको छ ।
आफ्नो प्रतिष्ठाको खेलमा दुबै टिम प्रतिष्ठा जोगाउन सफल भए । मङाङको लागी सुमन गुरुङले खेलको ७६ औ मिनेटमा गोल गरे पनि टिकाउन नसक्दा सोहि समयमा नै गोल खादै बराबरीमा रोकिन पुग्यो । गोर्खाको लागी सुदिप लामाले खेलको ७६ औ मिनेटमा नै गोल गरेका थिए । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दुबै टिमले पाएको अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।
लिग अन्तरगतको अन्तिम खेलमा स्याङ्जाले तनहँुलाई १–० गोलले हराउदैँ समुह विजेत बन्न सफल भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा स्याङ्जाले तनहुँलाइ निकै दबाबमा राख्यो । स्याङ्जाले बारम्बार अवसरहरु सिर्जना गरेपनी तनहुँका गोलरक्षक तथा क्याप्टेन बाधक बने । तनहुँका लागी निकै उत्कृष्ट खेल प्रदर्शन गरेका तनहुँका गोलरक्षकले स्याङ्जालाइ रोक्न भने सकेनन् ।
स्याङ्जाको लागी खेलको २१ औ मिनेटमा सरोज कुमार क्षेत्रीले गोल गर्दै अग्रता दिलाए । खेलमा सरोजको गोलनै निर्णायक गोल बन्न पुग्यो । पहिलो हाफमा एक गोलले पछि परेको तनहुँले दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनी खेलमा फर्कन भने सकेन ।





