आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मिस नेवामा २५ छानिए 

मिस नेवामा २५ छानिए 


  • Dhorpatan News
  • माघ १३ २०७६, सोमबार

पोखरा,१२ माघ – मिस नेवा पोखरा ११०४ को आइतबारको अडिसनबाट २५ प्रतिश्पर्धी छानिएका छन् . नेवा खल कास्कीले आयोजना गरेको प्रतियोगितामा नेवारी सम’दायका १६ देखि २३ वर्षका युवतीले भाग लिएका छन्।
आइतबार छानिएका प्रतिश्पर्धीलाई २८ दिन तालिम दिइने प्रतियोगिता संयोजक विमल श्रेष्ठले बताए । प्रतियोगीलाई नेवारी भाषा, सांस्कृतिक, नाच, संगीत, नेवारी सभ्यताका साथै व्याक्तित्व र नेतृत्व विकासबारे सहजीकरण गरिनेछ । नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने अभियान भएको दाबी गरे . उनले भने, ‘विश्वव्यापीकरण र प्रविधिको विकाससँगै हाम्रो संस्कार, संस्कृतिमा पनि केही चुनौती थपिएका छन् तर हामीले हाम्रो संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’।
मिस नेवा ११४० को उद्घाटन माघ १६ गते हुनेछ भने १७ गतेबाट तालिम सुरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ४०, २५ र १५ हजार नगदसहित प्रमाणपत्र र उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न टाइटल विजेतालाई पनि पुरस्कारको व्यवस्था छ । उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, बेस्ट फे्रन्डली, बेस्ट स्माइल र फोटोजेनिकलाई समान ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल चैत ८ गते पोखरा सभागृहमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->