आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

खोलाबेसी टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न

खोलाबेसी टोल बिकास संस्थाको बार्षिक साधारणसभा सम्पन्न


  • Dhorpatan News
  • माघ १३ २०७६, सोमबार

पोखरा, १३ माघ – खोलाबेसी टोल बिकास संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको खोलाबेसी टोल बिकास संस्थाले शनिबार आफ्नो १५ औं बार्षिक साधारणसभा सहित रमाईलो बनभोज र चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।साधारणसभाको उद्घघाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले स्थानिय उत्पादनमा जोड दिन टोलबासीलाई आग्रह गरे । “अब यहाँका सडकहरु राम्रा बन्नेछन् तर यि सडक बजारको समान गाऊँमा ल्याएर खानका लागि हैन् यहाँ उत्पादन भएका समान बजार लगेर बिक्री गर्न प्रयोगमा आउनु पर्छ ।” गाऊँका खेतबारी बाझै राखेर सहरका खाध्यन्न आयत गर्नका लागि मात्रै ग्रामिण सडकलाई प्रयोग गर्न थालियो भने गाऊँको बिकास हुन नसक्ने जिसीको भनाई थियो । प्रमुख जिसीले पोखरा महानगरमा आफ्नै नगरमा आउन पनि अन्य जिल्लाको बाटो प्रयोग गर्नु पर्ने बस्थीहरु समेत रहेकोले सबै ठाऊँको बिकासमा महानगर लागि परेको बताए ।

नेपाल कम्युनिष्ट पाटी नेकपा कास्कीका नेता दामोदर बैरागीले आफ्नो गाऊँ ठाऊँको बिकासका लागि आफै जागरुप हुन आवश्यक रहेको भन्दै टोल बिकास संस्थाहरु बिकासको सारथी बन्न सक्ने बताए । पोखरा महानगरपालिका ३१ का अध्यक्ष कमल बहादुर थापाले अब खोलाबेसीमा बिकासको सुरुवात भएको भन्दै खोलाबेसी समृद बन्ने बाटोमा रहेको बताए ।खोलाबेसी टोल बिकास संस्थाका अध्यक्ष कृष्णराज आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरु युवराज पौडेल, दिलिप न्यौपाने, टोल बिकास संस्थाका सल्लाहकार बैन बहादुर गुरुङ, टोल बिकास संस्थाका संस्थापक सचिब बलराम बराल लगायतले बोलेका थिए ।कार्यक्रमको संञ्चालन टोल बिकास संस्थाका सचिब कमल सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->